मध्ये प्रदेशको अन्तिम जिल्ला स्वर्णभद्रको एउटा गाउँ । एक परिवारको विएससी पढ्दै गरेको जेठो छोरा हराउँछन् । दाइ हराएपछि कान्छो छोराले आत्महत्याको बाटो रोजे । छोरीको मृत्यू भयो सवारी दुर्घटनामा परेर । हराएको छोरा खोज्न अविभावक अनेक ठाउँम पुग्छन् । तर, हराएको छोराको अत्तोपत्तो नभएपछि निरश भएर फर्कन्छन् । सन्तान विहिन भएपछि फलामको काम गर्ने उनको परिवारले घर छाडे र अर्कै गाउँमा डेरा लिएर बस्न थाले । ११ वर्षपछि हराएको उही छोरा आफ्नो अगाडि उभिदा हृदयविदारक माहौल देखा पर्छ । मानव सेवा आश्रमले उद्दार गरेर केही वर्षको उपचारपछि भोला स्वामी घर खोज्दै छोरा बुझाउन लामो यात्रा गरेर स्वर्णभद्र पुगेका हुन्छन् ।
०००
मानव सेवा आश्रमका सुमन वर्तौला र भोला स्वामीले साढे दुई वर्ष पहिले झारखण्ड विदिशापुरका एक जनालाई सोधी खोजी गर्दै घर पु¥याए । हराएका ती व्यक्ति कमेडि कलाकारको रुपमा वरिपरिका गाउँमा समेत परिचित रहेछन् । तर, हराएको १२ वर्षपछि मानव सेवा आश्रमले उनलाई लिएर पुग्दा गाउँ नै स्तब्ध बन्यो । मृत्यू भइसकेको ठानेर दाजुभाइ र परिवारले उनको अन्तिम संस्कार समेत गरिसकेका रहेछन् । दाजुभाइबीच सम्पत्तिको बाँढफाड भैसकेको रहेछ । अन्दाजी ४५ वर्षिय ती व्यक्तिको पुर्नजन्मको संस्कारअनुसार घर भित्राउँदा परिवारको क्रन्दनले गाउँ नै गञ्जायमान हुन पुग्यो ।
०००
भेला स्वामी एक जना महिलालाई लिएर मुम्बइ पुगे । अब महिलालाई कुन गाउँमा लैजाने ? निश्चित थिएन । आश्रममा करिव दुई वर्षको सोधीखोजीपछि महिलो आफ्नो गाउँको घुर्माइलो गरि बताएकी थिइन् । उनकै इशारामा भोलाले एउटा गाउँमा पु¥याए । साझको समयमा दुइ सयभन्दा बढी भीड जम्मा भयो । तर, ती अन्दाजी ६५ वर्षको महिलालाई कसैले पहिचान गर्न सकेन । न त उनको छोराले नै आफ्नो आमाको रुपमा स्वीकार्न तयार भए ।
पतिको मृत्यूभएपछि खराव मनस्थितिका कारण तीन वर्षक छोरा छोडेर उनी घरबाट हराएकी रहेछिन् । जतिबेला छोराको उमेर तीन वर्षको मात्र रहेछ । अहिले मानव सेवाले लिएर पुगेका तीन बृद्धलाई थप आफन्तको बारेमा थप सोधी खोजी गरेपछि मात्र पक्का भयो की ती महिला उनकै आमा थिए ।
-1752758719.jpg)
यसरी भोला स्वामीले मनव सेवा आश्रमले उद्दार गरेको ३ सय भन्दा बढी भारतीय नागरिकलाई प्रत्यक्ष रुपमा पुर्नमिलन गराएको अनुभव सुनाइरहेका थिए । उत्तर प्रदेशमा अर्कै मानिसलाई आफ्नो छोरा ठानेर बसेको परिवारदेखि काजक्रिया गरेर पुर्याउँदा मध्ये प्रदेशको परिवारमा देखिएको पारिवारिक विलौनासम्मको दृष्यको वर्णण गरिरहेका थिए ।
अब भने पारिवारिक पुर्नमिलनको लागि भारतीय नागरिकको घर खोज्दै मानव सेवा आश्रम हिँड्न नपर्ने भएको छ । श्रद्धा रिहाविलिटेसन फाउण्डेसनले मानवसेवा आश्रममा रहेका भारतीय नागरिकलाई मानसिक उपचार गर्ने, उनीहको परिवार खोजेर पुर्नस्थापना गर्ने र परिवार नभएकाहरुलाई आफुसँग राख्ने भएको छ । उता फाउण्डेसनसँग भएका नेपालीलाई भने मानवसेवा आश्रमले लिनेछ र सकेसम्म उनीहरुको पारिवारिक पुर्नमिलन गराउनेछ ।
रोमन म्यागेसेस अवार्ड विजेता श्रद्धा फाउण्डेसनका अध्यक्ष डा. भरत भटवानी र मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारीले सोमबार भारतका महावाणिज्यूत देवी सहाइमीनाको उपस्थितिमा उक्त सम्झौता पत्र(एमओयु)मा हस्ताक्षर गरिसकेका छन् । हेटौडास्थित मानव सेवाको केन्द्रिय कार्यालयमा आयोजित उक्त हस्ताक्षर कार्यक्रममा नै भोला स्वामीले रोचक र आश्चार्यजनक आफ्ना अनुभव सुनाएका हुन् ।

‘सम्झौताः एक मिसाइल’
जटिल मानसिक अवस्था भएका र सडकमा आश्रीतहरुको कुनै निश्चित भुगोल हुँदैन भन्ने भारतको श्रद्धा फाउण्डेसन् र नेपालको मानवसेवा आश्रमले यसअघि नै जीवन्त रुपमा पेस गरिसकेका छ । फाउण्डेसनले श्रीलंका, नेपाल, बंगलादेश, इरानबाट आएर भारतमा सडक मानव बनेकाहरुलाई मानशिक रुपचारपछि घरमा पु¥याएर पुर्नमिलन गराइसकेको छ । मुम्बइमा केन्द्रिय कार्यालय रहेको फाउण्डेसनको भारतका विभिन्न तीन ठाउँमा पुर्नस्थापना केन्द्र र थुप्रै ठाउँमा उपचार केन्द्रहरु रहेका छन् । अहिलेसम्म ११ हजार भन्दा बढी मनोरोगीलाई मानशिक उपचारपछि परिवारमा पुर्नस्थापना गरेको फाउण्डेसनका अध्यक्ष डा. भटवानीले मानव सेवा आश्रमसँगको सम्झौता आफैमा एउटा मिसाइल सावित हुने उल्लेख गरे ।
नेपालमा मात्र १३६ जालाई परिवारसँग भेट गराएको तथ्य सार्वजनिक गर्दै चर्चीत मानसिक चिकित्सक समेत रहेका भटवानीले भने, ‘मानवताको लागि कुनै पनि सिमा र धर्म हुँदैन । हामी त्यही मानवतालाई प्रवद्र्धन गर्नको लागि यहाँसम्म आइपुगेका छौं ।’ आफुहरुले १३२ वटा गैरसरकारी संस्थासँग सहकार्य गरेर त्यहाँका विरामी लिएर उपचार गरि निको बनाएको र नेपालमा मानवसेवासँग सहकार्य गर्न पाउँदा खुशी लागेको उल्लेख गरे ।
‘कुनै पनि मानिस सडकमा किन जान्छ भने उ मानसिक विरामी छ, तपाई हामी जोसुकै मानसिक समस्याको कारण सडकमा पुग्न सक्छौं’, डा. भटवानीले थपे, ‘किनकी एसियन देशहरुमा मानशिक समस्याबारे कम जानकारी छ र उनीहरुको सही तरिकाबाट उपचार भइरहेको हुँदैन ।’ एउटा गाउँमा एक जना मानसिक विरामीलाई मात्र सहि उपचार गरेर निको गरायो भने त्यसले निकै ठूलो प्रभाव सृजना गर्ने उनको भनाई छ । मानवसेवासँगको सम्झौतामा केन्द्रित हुँदै उनले थपे, ‘राम्रो कामको शुरुवात बुधबाट शुरु हुन्छ र त्यो तालक, नदी हुँदै समुन्द्रमा परिणत हुन्छ ।’ अहिलेसम्म मानवसेवाले एक हजारभन्दा बढी भारतीय नागरिकलाई पुर्नमिलन गराएको बताउँछ भने श्रद्धा फाउण्डेसनले नेपालको पाल्पा, सिराहा, कपिलबस्तुलगायतका ठाउँमा आफैले परिवारसँग पुर्नस्थापना गराइसकेको छ ।
-1752758896.jpg)
९९ प्रतिशत मानिसहरु आफ्नो परिवारमा जान चाहाने भएकाले उनीहरुको भावना बुझेर परिवार गाउँ वा मातृभूमिमा नपु¥याए जतिसुकै ठूलो सेवा गरे पनि त्यो अपूर्ण हुने उनको डा. भटवानीको तर्क थियो ।
आश्रमका अध्यक्ष रामजी अधिकारीले सम्झौताले नेपाल र भारतको सम्बन्ध र मानवताप्रबद्र्धन महाअभियानमा अर्को ठूलो उपलब्धी भएको बताए । श्रद्धा फाउण्डेसनको साथले आफुहरुलाई मानवता प्रबद्र्धनको काममा थप पे्ररणा मिलेको उल्लेख गरे ।
२० जनाको तत्काल जिम्मा लिदै श्रद्धा
हस्ताक्षरका लागि नेपाल आएको डा. भटवानी र डा. श्वराली कोन्डवीलकरले हेटौडा आश्रममा रहेका तीन दर्जनभन्दा बढी भारतीय आश्रीतको मानसीक परामर्श गरिसकेका छन् । परामर्शपछि श्रद्धा फाउण्डेसनले तत्काल हेटौडा केन्द्रमा रहेका २० जना भारतीय नागरिकलाई लिएर पारिवारिक पुर्नमिलन गराउने बताइसकेका छ । अहिले आएर दुइ संस्थाबीच एमओयु भएता पनि यसअघि पनि केही फाउण्डेसनले भारतीय नागरिकलाई उपचार गर्न र पारिवारिक पुर्नमिलको लागि लिएको थियो ।