२७ असार, शुक्रावारको दिन । विहानको ११ बजेर केही मिनेट गएको थियो । पुष्प कमल दाहाल ‘प्रचण्ड’ आफ्नो लागि खाना लिएर मानवसेवा आश्रम रानीबन शाखाको डाइनिङ टेवलमा बसिरहेका थिए । छेउमा मुस्कानसहित थिए आश्रमका अध्यक्ष – रामजी अधिकारी । डाइनिन टेवलको वरिपरि छोरी गंगा दाहाल, बुहारी तथा पूर्व मन्त्री विना मगर, नातिनी स्मृति दाहलसहित दर्जन बढीको प्रचण्डको सिंगो टिमले भोजन लिदै थियौ ।
सेतो कुर्ता, घिउ रङको ज्वारि कोट र भादगाउँले टोपीमा रहेका प्रचण्ड आश्रमबारे जिज्ञासु सुनिएका थिए । बेला बेला आश्चार्य प्रकट गर्दै अभियन्ताको संरचना, कार्यशैली र व्यवसास्थापनबारे भोजनसँगै जानकारी दिइरहेका थिए । खाना लिदै गर्दा उनको मुखबाट फुत्कीयो, ‘हरेक दिन यसरी सेवा गर्नु साधारण कुरा होइन ।’
म थिए अध्यक्ष अधिकारीसँगै । आफ्नो चिचार राखे, ‘हेटौडा हेडक्वाटर त सिंगो ‘कम्युन’जस्तो लाग्छ ! दुधको लागि गाई पालिएका छन्, वगैचामा ५० औं थरीका फलफुल छन् । नर्सरीमा तरकारी उत्पादन भइरहेको छ । सक्ने आश्रीतहरु काम गरिरहेका हुन्छन्, नसक्नेहरु बगैचा र आफ्नो सयनकक्षमा आराम गरिरहेका भेटिन्छन् ।’
घोरिएका प्रचण्डले टाउको हल्लाउदै प्रतिक्रिया जनाए, ‘हामीले देखेको सपना पनि यस्तै हो । उहाँले त्यसलाई विपनामा देखाइरहनुभएको छ ।’
‘मेरो दिदी पनि ०५७ सालमा शहिद हुनुभएको हो हजुर’, प्रचण्डको जवाफले आश्रमका अध्यक्ष रामजीलाई विगततिर चियाउन उद्देलित बनायो, ‘मेरो दिदी असहाय, उत्पीडित, श्रमिकहरुको मुक्तिको लागि हिड्नु भएको थियो । मैले पनि अलि फरक तरिकाबाट उहाँको सपनालाई साकार पारिरहेको छु ।’

विहीबार गंगा दाहलले अध्यक्ष अधिकारीलाई तारान्तार फोन गरिरहेकी थिइन – ‘भोली आमा सीता दाहलको दोस्रो स्मृति दिवसको दिन हामीले आश्रमलाई केही सहयोग गर्न चाहन्छौं । बुवा स्वयं आश्रम आउने भन्नुभएको छ ।’
नभन्दै शुक्रवार विहान सवा नौ बजेतिर आश्रममा चहलपहल देखियो । सुरक्षा टोलीसहितको पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष प्रचण्डको गाडि आश्रमको गेटमा रोकियो । स–परिवार सरिक प्रचण्डको सिंगो टिमलाई आश्रमका अभियन्ताहरुले खादा र मालाले अभिनन्दन गरे । गेटबाट केही अगाडि बढेपछि प्रचण्डले पहिलो जिज्ञाशा राखे, ‘यो भवन कसरी प्रयोग गरिरहनुभएको छ ?’
अध्यक्ष अधिकारीले जवाफ दिए, ‘सुकुम्बासी व्यवस्थापनको लागि बाबुराम भट्टराइ प्रधानमन्त्री हुँदा यो अपार्टमेन्ट निर्माण भएको रहेछ । लामो समय खाली बसेकाले मन्त्री परिषद्को निर्णयबाट हामीले प्राप्त गरेका हौं । यहाँबाट हामीले २२४ जना सहयोगापेक्षी बुवा–आमा, दाजु–भाइ, दिदी–बहिनीहरुलाई सेवा दिइरहेका छौं ।’
प्रचण्डलाई आश्रमको पाहुना सत्कार कोठामा पु¥याइयो । कोठमा पुग्दै गर्दा भूँइ तलाको कम्पाउण्डमा ह्वीलचीयरमा बसिरहेका सहयोगापेक्षीतर्फ प्रचण्डले सरसर्ती आँखा दौडाए । उनीहरु विहानको भजनको प्रतिक्षामा थिए । पाहुना कोठामा पुगेपछि पछिल्लो दुइ वर्षको अपडेट जान्न खोजे । तत्कालिन प्रधानमन्त्री प्रचण्ड मानवसेवा आश्रमको आफ्नै भवन उद्घाटनको लागि दुइ वर्षअघि केन्द्रिय कार्यालय हेटौडा पुगेका थिए ।
जतिबेला देशभरका मानव सेवा आश्रमका २३ वटा शाखामा १७ सय भन्दा बढी सडक मानवहरुले सेवा लिइरहेका थिए भने हेटौडामा दुइ सय जना आश्रीत थिए ।
प्रचण्डले हेटौडका प्रत्येक कोठा कोठा पुगे, तीन घण्टाभन्दा लामो समय आश्रममा विताएर फर्किएका थिए । त्यसपछि फेरि एक पटक आफ्नो दिवंगत पत्नीको सम्झनामा आश्रममा आइपुगेका छन् । सत्कार कोठामा रहेका प्रचण्डलाई अध्यक्ष रामजीले जानकारी दिए, ‘अहिले २१ वटा जिल्लाका २६ वटा आश्रममा १९१९ जना आश्रीत हुनुहुन्छ । हामीले अहिलेसम्म ११७७४ जनाभन्दा बढीको उद्दार गरेका छौ भने ४७५९ जनालाई निको बनाएर पारिवारिक पुर्नमिलन गराइसकेका छौं । ६० जनाभन्दा बढी त आश्रममै आएर जन्मीएका बच्चाहरु हुनुहुन्छ । अहिले १५५ जना भन्दा बालिबालिकाहरुले हामीसँग बसेर पढिरहनुभएको छ ।’

प्रचण्डले २० मिनेटको दुई डकुमेन्ट्री हेरे । आश्रमको विहानदेखि बेलुकीसम्मका गतिविधि, सडक मानवहरुको उद्दार, उनीहरुका अवस्था अवस्था र निको भएपछिका पर्नमिलनका कथा समेटिएका डकुमेन्ट्रिीले उनी निकै भावुक देखिए । सायद असाहायको वेदनाले उनको स्पन्दनलाई झंकृत ग¥यो । कतै आफ्नै पत्नी वियोगको यादले उनलाई पो गहिरो गरि छोप्यो की !
प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी) जस्तो जटिल रोगले सीता लामो समय थला परिन् । स्मरण शक्ति गुम्दै गयो भने रोगले बोल्न र चल्न समेत नसक्ने अवस्थामा पु¥यायो । यसरी लामो समय सकसपूर्ण जीवन बाँचेकी सीताले २०८० सालमा अल्पायुमै प्राण त्याग गरिन् । प्रधानमन्त्री जस्तो शक्तिशाली पदमा भइरहेका बेला प्रचण्डले ५२ सालदेखि सँगै भुमिगत जीवन विताएकी सहयात्रीलाई गुमाउन पुगे ।
करिव एक घण्टा विताएपछि उनी ह्वीलचेयरमा बसेकाहरुसाग साक्षात्कार गर्न पुगे । हलचल गर्न नसक्ने कोठामै बसेका आश्रीतहरुसँग सोधेर सोधे, ‘कसरी यस्तो अवस्थामा आइपुग्नुभयो ?’ कार्यक्रम हलमा पुगेर भोजनकै लागि बसिरहेका आश्रीतहरलई फिस्स हाँस्दै भने, मलाई मलाई चिन्नुहुन्छ ? कतिलाई नाम सोधे त कतिलाई कतिलाई आफ्नो बारेमा जानकारी दिन भने । डाइनामिक लिडरको छवि बनाएको प्रचण्डले यसरी भलाकुशारी गरिरहेका थिए की उनी एक सामान्य मानिस हुन् । यति ढुक्क थिए की मानौ उनलाई कतै पुग्ने हतारो नै छैन । राजनीतिमा उनको चञ्चलता केही समयको लागि अडिएको थियो । त्यसपछि प्रचण्डलाई निम्त्याइयो पोडिएममा । उनी बोले :

‘आज दिन असार २७ गते मेरो जीवनसाथीको दोस्रो स्मृति दिवस हो । तपाईसँग भेटभाट गर्ने, भावना साटासाट गर्ने, सीता दाहालप्रतिको एउटा स्मृतिलाई दिगो राख्ने र सबैको निम्ति प्रेरणा बनोस भन्ने उद्देश्यकका साथ आज हामी तपाइहरुको अगाडि छौं । तपाईहरु सेवा अपेक्षि सबैप्रति र मेरो परिवार, दलको तर्फबाट निरन्तर भावना, आवश्यकताप्रति इमान्दारिताका साथ सहयोग गरिरहने विश्वास दिलाउन चाहन्छु । देशको धेरै महत्वपूर्ण ठाउँमा बसेकाहरु पनि सडकमा पुगेको र सडकबाट झिकेर यहाँ ल्याएपछि उनीहरुले नयाँ जीवन प्राप्त गरेको । स्मरण शक्ति सबै फर्केर परिवारसँग मिलन भएको सुन्दा कथा जस्तो लाग्छ । तर, यी कथा नभएर यथार्थ हुन् । अन्त्यन्त सम्बेदनशील परोपकारी काम गरिरहेको यस संस्थाले यथार्थ तपस्याको उदाहरण प्रस्तुत गरेकोमा धन्यवाद् दिन चाहन्छु ।’
प्रचण्ड बोल्दै गर्दा ड्यासमा बसिरहेका छोरी गंगा र बुहारी विनाका आँखा ओसिलो बनेका थिए । तल टेवलमा सहयोगापेक्षिहरुले बेला बेला तालि बजाइरहेका थिए । कतिले उठेर सम्मान दर्शारहेका थिए । उनीहरुलाई हेर्दे प्रचण्डले थपे ः
‘म प्रधानमन्त्री हुँदा सात प्रदेशको लागि सात वटा गाडि आश्रमलाई दिने भनेर मन्त्री परिषद्बाट निर्णय गरि अगाडि बढेको थियो । तर, अहिलेसम्म नपाएको खवर पाएँ । यसको लागि मैले अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु । तपाइ सबैको छिटो प्रगति होस् । सबैको स्मरण शक्ति तेज भएर आओस् । नयाँ जीवन प्राप्त होस् भन्ने शुभकामन दिन चाहन्छु ।’

उनी मञ्चबाट तल ओर्लिए । तयार भएको खानाको थाली सहयोगापेक्षीहरुको अगाडि राखिदिन थाले । आश्रमका अभियन्ताहरुले दिएको खानाको थाली असाहायहरुको अगाडि राखिदिदै गए । छोरी गंगा, बुहारी विना र नातीनी स्मृति पनि त्यसमा सरिक भइन् । करिव १५ मिनेटपछि हलबाट वाहिरिएर तीन लाख बराबरको खाद्यन्न सामाग्री, लत्ता कपडा आश्रमणलाई हस्तान्तरण गरे । अनि सहयोगस्वरुप एक लाख रुपैयाँ नगत उपलब्ध गराए ।
अनि आफ्नो टिमसँगै आफै खाना हालेर आश्रमको डाइनिङमा पुगे । त्यतिबेलासम्म पनि उनको जिज्ञासाहरु मेटिएका थिएनन् । रामजीसँग भलाकुसारी जारी नै थियो । खाने सकेर उठ्ने बेला केन्द्रिय कमिटि र स्थायी कमिटीको बैठकमा मानवसेवाबारे एउटा प्रिजेन्टेसन राख्ने बताए । कुनै बेला विद्रोही नेताको छवि बनाएका, १० वर्षिय सशस्त्र युद्धको नेतृत्व गरेका प्रचण्डले मानव सेवा आश्रममा भावनात्मक तीन घण्टा विताएर फर्कीए ।

नेपाल खवरबाट साभार ।