महायज्ञ अवधिभर कथावाचक कमल नयन गौतमले दैनिक रूपमा कथा वाचन गर्ने कार्यक्रम तय भएको छ। मानवसेवा आश्रमले आयोजना गर्ने महायज्ञहरूमा गौतमले दक्षिणा विना नै सहयोग गर्दै आएका छन्।
महायज्ञमा बैशाख २० गतेदेखि बिहान ५ः३० देखि ७ः३० बजेसम्म निःशुल्क योग शिविर, ७ बजेदेखि पूजा तथा पाठपारायण, ७ः३० देखि १० बजेसम्म विद्यार्थीहरूका लागि उत्प्रेरणात्मक कार्यक्रम, ११ बजेदेखि ४ बजेसम्म कथावाचन, ४ः१५ बजे आरती, ४ः३० बजे प्रसाद वितरण तथा साँझ ७ देखि ९ बजेसम्म भजन कार्यक्रम सञ्चालन हुनेछ। साथै, प्रत्येक दिन निःशुल्क स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको आश्रमले जनाएको छ।

महायज्ञमार्फत मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्नता, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माण र अक्षयकोष श्रीवृद्धिका लागि सहयोग संकलन गरिनेछ। हाल आश्रमको भवन निर्माण कार्य करिब ६० प्रतिशत सम्पन्न भइसकेको छ भने स्थानीय, प्रदेश र संघीय सरकारको सहयोगसहित दाताहरूको योगदानबाट निर्माण कार्य अघि बढाइएको छ ।

मानवसेवा आश्रमको सञ्चालनमा करिब ४० प्रतिशत अपनत्व सरकारको रहेको र बाँकी सहयोगी मनहरूको योगदान रहेको आश्रमले जनाकारी दिएकाे छ । आगामी दिनमा ७० प्रतिशत जिम्मेवारी सरकारले लिने र ३० प्रतिशत सहयोगी मनहरूलाई दिइने लक्ष्य रहेको बताइएको छ।
पोखरामा निर्माणाधीन भवनजस्तै अन्य १५ जिल्लामा पनि आश्रमका संरचना निर्माण भइरहेका छन्। हालसम्म आश्रमले सहयोगी दाताहरूको योगदानबाट नै खर्च व्यवस्थापन गर्दै आएको छ ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि बेसहारा, अशक्त तथा अभिभावकविहीन बालबालिका तथा सडक मानवहरूको उद्धार, संरक्षण, औषधोपचार, पुनःस्थापनामा सक्रिय रहँदै उपचारपछि परिवार पहिचान भएका व्यक्तिहरूकाे पारिवारिक पुनर्मिलन गराउँदै आएको छ।