राैतहट । मानवसेवा आश्रमको संरक्षणमा रहँदै आएका जीवन खत्री र अर्जुन बरालको पारिवारिक पुनर्मिलन सम्पन्न भएको छ। लामो समयदेखि परिवारबाट टाढिएका उनीहरूलाई आश्रमको निरन्तर प्रयासपछि पुनः परिवारसँग जोडिन सफल भएका हुन् ।
मानसिक स्वास्थ्य समस्याका कारण परिवारबाट टाढिएका जीवन खत्रीलाई दुई वर्षअघि चन्द्रागिरि नगरपालिका–१५, बलम्बुबाट उद्धार गरी आश्रमकाे संरक्षणमा राखिएकाे थियो। उनका आफन्तले समेत उनी जीवित रहेको आशा मारिसकेको अवस्थामा सामाजिक सञ्जालमार्फत परिवारको खोजी गरी पुनर्मिलन सम्भव भएको आश्रमले जनाएकाे छ ।

त्यसैगरी, विगत दुई वर्षदेखि मानसिक स्वास्थ्य समस्याका बेवारिसे बनेका अर्जुन बराललाई हरिवन नगरपालिका–११, चन्देश्वरीबाट उद्धार गरी संरक्षण प्रदान गरिएकाे थियो। आश्रमको संरक्षणमा रहेका अर्जुनको १५ महिनापछि परिवारसँग पुनर्मिलन भएको हाे।

आश्रममा रहँदा दुवैले प्राप्त गरेको माया, सद्भाव, खानपान, स्वास्थ्य उपचार तथा संरक्षणले उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सहयोग पुगेको छ। परिवारबाट टाढिएका उनीहरूलाई पुनः आफन्तसँग जोड्न सफल हुनु मानवसेवा आश्रमको मानवीय सेवाको एक महत्त्वपूर्ण उपलब्धि हो।
सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, संरक्षण, उपचार तथा पारिवारिक पुनर्मिलनमा आश्रमले निरन्तर प्रयास गर्दै आएको छ।