पर्थ, अष्ट्रेलिया । रुस्तम मास्केको संयोजकत्वमा मानवसेवा अष्ट्रेलिया पर्थको नयाँ समिति गठन गरिएकाे छ ।
मानवसेवा आश्रमको मानवीय सेवा अभियानलाई वेस्टर्न अष्ट्रेलियामा थप व्यवस्थित र प्रभावकारी रूपमा अघि बढाउने उद्देश्यले गठन गरिएको कार्यकारी समिति सदस्यमा समुद्र पुरी, भुवन खड्का, अङ्कित डल्लाकोटी, सन्तोष थापा, राज थापालिया, नवीन भण्डारी, राजेश बुढाथोकी, सुमन सञ्जेल, सुनी योञ्जन तामाङ, विजय विक्रम शाह, रिजा प्रधान, बसु सापकोटा, डा. नबिन दंगाल, दिनेश अधिकारी, सपना चौलागाईं, सरिना ढकाल र आस्था बाम रहनुभएको छ।

नवगठित समितिले वेस्टर्न अष्ट्रेलियामा मानवसेवा आश्रमको सेवा तथा मानवता प्रवर्द्धनसम्बन्धी अभियानलाई सहकार्य र समन्वयमार्फत अघि बढाउनेछ।
मानवसेवा आश्रमले नेपालमा सडकआश्रित तथा सहयोगापेक्षी मानवको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलनका लागि सञ्चालन गर्दै आएको अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा समेत विस्तार गर्ने क्रममा अष्ट्रेलियामा विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ।
सोही अभियानअन्तर्गत वेस्टर्न अष्ट्रेलियामा नवगठित कार्यकारी समितिले अस्ट्रेलियामा रहेका नेपाली जनसमुदाय तथा मानवताप्रेमीहरू मनहरुसँग समन्वय गर्दै मानवसेवाको अभियानलाई अघि बढाउनेछ।