चितवन । मानवसेवा आश्रम चितवनले शुक्रबार चितवनका विभिन्न स्थानबाट पाँच जना सडकआश्रित मानवहरुको उद्धार गरेको छ।
शुक्रबार गरिएको उद्धारमा खैरहनी नगरपालिका चितवन घर बताउने ३३ वर्षीय किशान बि.क, ३३ वर्षीया दिपा भाट, ८६ वर्षीय मातीबहादुर ठकुरी, ८३ वर्षीया शान्ती ठकुरी र ३० वर्षीया दिलमाया दर्लामी मगर रहेका छन्।

किशान बि.क र दिपा भाटलाई वडा प्रहरी कार्यालय पुल्चोकको समन्वयमा नारायणगढ र कल्याणपुरबाट उद्धार गरिएको हो।
त्यस्तै, भरतपुर–११ कैलाशटोल घर बताउने ८६ वर्षीय मातीबहादुर ठकुरी र ८३ वर्षीया शान्ती ठकुरीलाई भरतपुर–११ कैलाशटोलबाट स्थानीय जनप्रतिनिधिको समन्वयमा उद्धार गरिएको हो।

त्यसैगरी, ३० वर्षीया दिलमाया दर्लामी मगरलाई शुक्रबारको रात्रिकालीन सडकसेवाका क्रममा पुल्चोकबाट उद्धार गरिएको हो। उनले आफ्नो घर गैडाखाल, सुनवल रहेकाे बताएकी छन्।
-1789892575.jpeg)
यसैबीच, आश्रमले सोही दिन दुई जना आश्रितको पारिवारिक पुनर्मिलनसमेत गराएको छ।
आश्रमकाअनुसार आवश्यक काउन्सिलिङपछि स्थानीय जनप्रतिनिधिसँग समन्वय गरी परिवारसँग सम्पर्क स्थापित गरेर २८ वर्षीय प्रबिन चौधरी र ५३ वर्षीया जमुना तामाङलाई परिवारको जिम्मा लगाइएको हो।

प्रबिन चौधरीलाई भदौ २३ गते भरतपुर–९ पारस बसपार्कबाट र जमुना तामाङलाई २०८३ साउन ३० गते नारायणगढ पुल्चोकबाट उद्धार गरी आश्रमको संरक्षणमा राखिएको थियो।
