काठमाडौँ । मानवसेवा आश्रमका विभिन्न सेवाकेन्द्रहरूद्वारा बुधबार ६ जना सहयोगापेक्षी सडकआश्रित मानवको उद्धार भएकाे छ भने १ जना आश्रितकाे सुखद् पारिवारिक पुनर्मिलन समेत गरिएकाे छ । जसमध्ये रानीवन सेवाकेन्द्रले ३ जना तिलाेत्तमा,दाङ, हेटाैँडाले १/१ जनाकाे उद्धार गरेकाे हुन् ।
आश्रमका विभिन्न सेवाकेन्द्रकाे संरक्षणमा रहनुभएका मानवहरूकाे सेवा सहजीकरणका लागि मनकारी दाताहरूबाट बुधबार ९ लाख ७५ हजार ६ सय ५ रुपैयाँ बराबरको सेवा याेगदान भएको हाे ।
त्यस्तै विभिन्न सेवाकेन्द्रहरुमा रहनुभएका आश्रितहरूकाे सेवा व्यवस्थापनका लागि ४ लाख ६४ हजार ८ सय १६ रुपैयाँ सेवा सदुपयाेग भएको आश्रमले जनाएकाे छ । साेही दिन आश्रमका विभिन्न सेवाकेन्द्रहरूमा बिहान र बेलुका गरी ३२ वटा भोजनसेवा र ११ वटा खाजा सेवा सम्पन्न भएका छन् ।
बुधबार २ सय ५५ जनाले आश्रमका विभिन्न सेवाकेन्द्रकाे अवलाेकन गर्नुभएकाे हाे भने २ लाख २३ हजार ५ सय ९५ रुपैयाँ बराबरकाे जिन्सी सामाग्री आश्रमलाई सहयोग बापत प्राप्त भएको छ ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।