नेपाली कांग्रेका नेता तथा पुर्व मन्त्री अर्जुन नरसिंह केसीले
नेपाली कांग्रेका नेता तथा पुर्व मन्त्री अर्जुन नरसिंह केसीले सडक बालबालिका तथा सडक मानव मुक्त राष्ट्र निर्माणको लागि मानव सेवा आश्रमजस्ता संस्थाहरुलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।

शुक्रवार मानव सेवा आश्रम रानीवन शाखामा उपस्थित भएका नेता केसीले सरकार आफै यस्ता काममा लाग्ने भन्दा पनि यस्ता संस्थाहरुलाई नेतृत्व गर्न दिएर सरकारले नियमन गरेर अगाडि बढेमा राम्रो प्रतिफल आउने बताए । ‘सडक बालबालिका मुक्त बनाउने भनेर हामीले लामो समयदेखि भनिरहेका छौं । आज मानवसेवा आश्रमको कामबाट म निकै प्रभावित भएको छु’, नेता केसीले भने, ‘यसरी असक्त मानवलाई लिएर सेवा गर्नु भनेको सरकारलाई पनि योगदान गर्नु हो ।’
कांग्रेस निकट नेपाल लोकतान्त्रिक साना होटल व्यवसायी संघले आफ्नो तेस्रो स्थापना दिवसको अवसरमा आश्रीतलाई भोजन वितरण कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित केसीले आफुले आन्तराष्ट्रिय दातृ निकायहरुमा सहयोगको पहल गर्ने समेत प्रतिबद्धता जनाए । उनले गैर सरकारी संस्थाका भीडमा आश्रमले सेवा भावले छुट्टै अस्तित्व कायम गरेको धन्यवाद् समेत ज्ञापन गरे । उनले मानवको सेवा नै असली धर्म भएको समेत उल्लेख गरे ।

नेता केसीलाई आश्रमका अध्यक्ष रामजी अधिकारी र प्रवक्त सुमन वर्तौलाले आश्रमको वर्तमान अवस्था, भवन निर्माण र नेपाललाई सडक मानव मुक्त बनाउनको लागि भावी योजनाबारे जानकारी गराएका थिए । अध्यक्ष रामजी अधिकारीले केसीसँग आग्रह गरे, ‘हामीले अल्पकालिन रुपमा सेवालाई निरन्तरता दिए पनि दिर्घकालिन रुपमा अगाडि बढाउनको लागि थुप्रै चुनौतिहरु छन् । यसको लागि सरकारको तर्फबाट यहाँहरुले समन्वय गरिदिनुहुन्छ भन्ने अपेक्षा राखेका छौं ।’
ब्यवसायी संघका केन्द्रिय अध्यक्ष लिलाप्रसाद ढकालले हाटल व्यवसायीको धर्म भनेकै गाँस र वास भएकाले आश्रमका असहायलाई खाना खुवाएर स्थापना दिवस मनाउन पाउदा निकै हर्सित भएको उल्लेख गरे ।

अशक्त, असहाय र परिवार विहिन सडक मानवलाई सेवा दिने मानवसेवा आश्रमको २१ जिल्लामा २७ वटा शाखाहरु रहेका छन् । अहिले आश्रममा १९२५ भन्दा बढी असहायले आश्रय लिइरहेका छन् । जसमा १६५ जना भन्दा बढी बालबालिकाहरु रहेका छन् । त्यस्तै, आश्रमको ४ वटा शाखाको भवन निर्माण सम्पन्न गरेको छ भने १६ वटा भवन निर्माणाधिन अवस्थामा हेको छ ।
सडक बालबालिका तथा सडक मानव मुक्त राष्ट्र निर्माणको लागि मानव सेवा आश्रमजस्ता संस्थाहरुलाई सरकारले सहयोग गर्नुपर्ने बताएका छन् ।