झापा- उज्यालो युवा समाज, मेचीनगर–६ द्वारा झापास्थित मानवसेवा आश्रम शाखामा आश्रय लिइरहनुभएका आमाबुबाहरूको सेवाका लागि खाद्य तथा जिन्सी सामग्री योगदान गरेको छ । उक्त सहयोग कार्यक्रम अन्तर्गत आश्रममा रहेका लक्ष्मीनारायणहरुलाई दूध, बिस्कुट, चिनी, फलफूल र चप्पलहरूहरु योगदान भएको हो ।
निरन्तर मानवीय सेवामा समर्पित रहँदै आउनु भएका समाजका प्रतिक मगर, दिवस गिरी र रोहन प्रधान लगायतप्रति आश्रम परिवारले धन्यवाद ज्ञापन गरेको छ ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।
आश्रमले २०८२ भित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र नेपाल निर्माण गर्न अभियान सञ्चालन गरिरहेकाे छ ।