सिड्नी, अष्ट्रेलिया । मानवसेवा आश्रम अष्ट्रेलिया च्याप्टरको आयोजनामा सञ्चालित “Connect Australia Through Humanity” अभियानअन्तर्गत सिड्नीमा आयोजित कार्यक्रममा राज कोइराला र ज्योति कोइरालाले मानवसेवा आश्रमको संरक्षणमा रहेका एक जना बाबुको अभिभावकत्व ग्रहण गरेका छन्।

अष्ट्रेलियाको सिड्नीलाई आफ्नो कर्मभूमि बनाउँदै आएका परोपकारी कोइरालाले दम्पतीले आश्रमको संरक्षणमा रहेका एक जना छोराको पालनपोषण, शिक्षा–दीक्षा तथा समग्र भविष्य निर्माणमा सहयोग पुर्याउने उद्देश्यले वार्षिक ९६० अस्ट्रेलियन डलर योगदान गरेका हुन् ।
त्यस्तै सिड्नीमा आयोजित कार्यक्रममा अमित आचार्य र अञ्जना ढकालले मानवसेवा आश्रमको संरक्षणमा रहेका एक जना बाबुकाे अभिभावकत्व ग्रहण गरेका छन्।
नेपाल हेटौँडा घर भई हाल अष्ट्रेलियाको सिड्नीमा बस्दै आउनुभएका अमित आचार्य र अञ्जना ढकालले आश्रमको संरक्षणमा रहेका एक जना बाबुकाे पालनपोषण, शिक्षा–दीक्षा तथा समग्र भविष्य निर्माणका लागि ९६० अस्ट्रेलियन डलर हस्तान्तरण गरेका हुन् ।

आश्रमको संरक्षणमा रहेका एक जना बालकको जीवनमा माया, संरक्षण, शिक्षा र उज्ज्वल भविष्यको आशा थप्ने याे प्रयासले मानवताको सुन्दर उदाहरण प्रस्तुत गरेकाे छ । एउटा बाबुको वर्तमानलाई सहज बनाउँदै भविष्य निर्माणमा समेत साथ दिने प्रतिबद्धताले आश्रममा रहेका बालबालिकाप्रतिको जिम्मेवारी थप बलियाे बनाएकाे छ ।
मानवसेवा आश्रम अष्ट्रेलिया च्याप्टरको आयोजनामा सुरु भएको “Connect Australia Through Humanity” अभियानअन्तर्गत सिड्नीमा सम्पन्न कार्यक्रममा अभिभावकत्व ग्रहणले मानवसेवाको अभियानमा थप उत्साह र ऊर्जा प्रदान गरेको छ।
मानवसेवा आश्रमले कोइराला परिवारप्रति यस सेवाभावका लागि आभार व्यक्त गरेकाे छ ।