काठमाडाैँ । बुधबार मानवसेवा आश्रमद्वारा तीन जना सडकआश्रित मानवहरुकाे उद्धार गरिएकाे छ । उद्धार हुनेमा एक जना पुरुष र दुई जना महिला रहेका छन् । त्यस्तै सोही दिन परिवार खाेजी गरी दुई जना आश्रितको पारिवारिक पुनर्मिलन गरिएकाे आश्रमले जनाएकाे छ ।
देश तथा विदेशमा रहनुभएका दाताहरुबाट आश्रमलाई सेवा सहजीकरणका लागि १५ लाख ८१ हजार २ सय ७ रुपैयाँ सहयोग प्राप्त भएको छ । त्यस्तै आश्रमकाे व्यवस्थापनमा भने २ लाख ८४ हजार ६७ रुपैयाँ र खर्च भएको आश्रमकाे आर्थिक विवरणमा उल्लेख गरिएकाे छ ।
यसैगरी, आश्रमका विभिन्न शाखाकाे संरक्षणमा रहनुभएका आश्रितहरूका लागि ५४ वटा भोजन तथा १३ वटा खाजा सेवा सञ्चालन गरिएकाे थियाे ।
त्यस्तै विविध प्रयाेजनले ५ सय ३५ जनाले आश्रमका विभिन्न शाखाको अवलोकन तथा भ्रमण गरेका हुन्। अवलोकनका क्रममा दाताहरूबाट आश्रमलाई १ लाख २२ हजार ८ सय ८७ रुपैयाँ बराबरको जिन्सी सामग्री प्रदान गरिएकाे छ ।
मानवसेवा आश्रम खुला आकाशमुनि सडक पेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनमा समर्पित एक गैरनाफामूलक सामाजिक संस्था हाे ।