होबार्ट, अष्ट्रेलिया । पोखरा घर भइ हाल अष्ट्रेलियाको तासमानिया, होबार्ट बस्दै आउनुभएका सञ्जु उपाध्याय र सृजना भट्टराईले मानवसेवा आश्रमको आजीवन खाजा सेवा सदस्यता ग्रहण गर्नुभएको छ।
“भाेकाे पेटलाई भाेजन सेवा—सर्वोत्कृष्ट मानवसेवा” भन्ने भावनालाई आत्मसात् गर्दै उहाँहरुले आइतबार होबार्ट सञ्चालित कार्यक्रममा सहभागी भई आश्रमको संरक्षणमा रहनुभएका आमाबुबा तथा बाबुनानीहरूको खाजा सेवाका सहजीकरणका लागि A$1,100 योगदान गर्नुभएको हो।
आश्रममा आश्रित आमाबुबा तथा बाबुनानीहरूको खाजासेवामा सहभागी हुँदै उहाँहरूले गर्नुभएको योगदानले मानव सेवाप्रतिको सेवाभावलाई अझ प्रतिबिम्बित गरेको छ।

मानवीय सेवा अभियानमा जोडिँदै गर्नुभएको योगदानप्रति मानवसेवा आश्रमले सञ्जु उपाध्याय, सृजना भट्टराईप्रति हार्दिक कृतज्ञता ज्ञापन गरेकाे छ ।
मानवसेवा अष्ट्रेलिया होबार्टद्वारा आयोजित “Connect Australia Through Humanity” अभियानअन्तर्गत हबार्टमा कार्यक्रम सम्पन्न भैसकेकाे छ ।
मानवता, सहकार्य, सामाजिक उत्तरदायित्व तथा आपसी सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले आयोजित कार्यक्रममा हबार्टमा रहनुभएका विभिन्न क्षेत्रका व्यक्तित्व, मानवताप्रेमीदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमलाई सफल बनाउन मुख्य कार्यक्रम साझेदार Expert Education & Visa लगायत सम्पूर्ण Sponsor Partners, सहयोगी संस्था, अतिथिहरू, स्वयंसेवकहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने तमाम प्रिय मनहरुप्रति मानवसेवा अष्ट्रेलिया होबार्टले आभार व्यक्त गरेको छ।