मेलबर्न, अष्ट्रेलिया । मानवसेवा आश्रम अष्ट्रेलिया च्याप्टरको निमन्त्रणा तथा आयोजनामा सञ्चालन भइरहेको ‘Connect Australia Through Humanity’ अभियानअन्तर्गत आश्रमको मानवीय सेवा तथा पूर्वाधार निर्माणमा सहयोग गर्ने उद्देश्यले विभिन्न दाताहरूले उल्लेख्य सहयोग गरिरहेका छन्। छ। अष्ट्रेलियाका विभिन्न शहरमा सञ्चालन भइरहेको अभियानका क्रममा नेपाली समुदायले मानवसेवा आश्रमको सेवा अभियानसँग जोडिँदै सहयोग गरिरहेका छन्।
साेही क्रममना आश्रम अष्ट्रेलिया च्याप्टरका संरक्षक जोग लिम्बू र निला लिम्बू दम्पतीले दुवै संरचना निर्माणका लागि कुल ७ हजार ५ सय अष्ट्रेलियन डलर प्रदान गर्नुभएको छ।
सुनसरी धरान घर भइ हाल अष्ट्रेलियाको भिक्टोरिया, मेलवर्नमा बसोबास गर्दै आउनुभएका लिम्बू दम्पतीले आश्रमको भवनकाे एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय ११ रुपैयाँ (A$6,500) र फिजियोथेरापी कक्ष निर्माणका लागि १ लाख ८ हजार (A$1,000) सहयोग गर्नुभएको हाे।
शुक्रबार मेलबर्नमा आयोजित कार्यक्रममा उहाँहरूले उक्त सहयोग प्रदान गर्नुभएको हो। आश्रमको संरक्षणमा रहेका आमाबुबाको सेवा तथा आवश्यक पूर्वाधार निर्माणमा सहयोग पुर्याउने उद्देश्यले गरिएको यस योगदानले धरानमा निर्माण हुन लागेको आश्रमको भौतिक संरचना निर्माणमा साथ पुर्याएको छ।
मानवसेवा आश्रम अष्ट्रेलिया च्याप्टरको निमन्त्रणा तथा आयोजनामा सञ्चालन भइरहेको अभियानअन्तर्गत मेलबर्नमा आयोजित कार्यक्रमलाई सफल बनाउन जोग लिम्बू र निला लिम्बूले समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो।
मानवसेवाको अभियानसँग निरन्तर जोडिँदै आश्रमको भवन तथा फिजियोथेरापी कक्ष निर्माणमा पुर्याउनुभएको योगदानप्रति मानवसेवा आश्रम परिवारले लिम्बू दम्पतीप्रति आभार व्यक्त गरेको छ।