एडिलेड, अष्ट्रेलिया । मानवसेवा आश्रम अष्ट्रेलिया च्याप्टरको आयोजनामा सञ्चालन भइरहेको ‘कनेक्ट अष्ट्रेलिया थ्रु ह्युमानिटी’ अभियानअन्तर्गत एडिलेडमा आयोजित कार्यक्रममा मानवसेवा आश्रमको अभियानका लागि उल्लेख्य सहयोग जुटेको छ।
एडिलेड निवासी तथा वारिपारिङ्गा वार्डकी काउन्सिलर रेणुका लामा र परिवारले आश्रममा एक कोठा निर्माणका लागि ६ लाख ५१ हजार १ सय ११ रुपैयाँ तथा आजीवन वार्षिक भोजनसेवाका लागि २ लाख ६१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका छन्।
-1790063061.jpg)
त्यस्तै, चन्द्र कुँवरकाेले आजीवन वार्षिक खाजा सेवाका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ याेगदान गरेकाे छ। गोविन्द सापकोटा, सुधा किरण सापकोटा तथा परिवारले आजीवन वार्षिक भोजनसेवाका लागि २ लाख ६१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका हुन्।
आश्रमको सेवामा मासिक सहयोग गर्ने प्रतिबद्धता जनाउनेमा साइसा चौलागाईं, पार्थ जोरा, सागरिका थपलिया र विजय देवकोटा रहेका छन्। उनीहरूले मासिक सहयाेगका लागि १०० अष्ट्रेलियन डलर सहयोग गर्ने भएका छन्। त्यस्तै, सरिना ढकालले लक्ष्मीनारायणहरूको मानसिक स्वास्थ्य सेवाका लागि मासिक ४० अष्ट्रेलियन डलर सहयोग गर्ने भएकी छन्। मानसिक स्वास्थ्य सेवाका लागि माधव जिसि, प्रदिप निरौला, सिवानी कार्की र रमेश राज भण्डारीलेसमेत मासिक सहयोगको प्रतिबद्धता जनाएका छन्।

कार्यक्रममा एडिलेडमा रहेका विभिन्न व्यक्तिहरूले ५०० अष्ट्रेलियन डलरका दरले आजीवन सदस्यता लिएका छन्। मञ्जु खड्का–सुरेन्द्र रेग्मी, गणेशप्रसाद पराजुली, बालगोपाल उपाध्याय, थिर बी। गुरुङ–सबिना घले, अशोक अधिकारी, उत्तम अधिकारी–उर्मिला अधिकारी, छिरिङ लामा, दिपेश राज पाण्डे, सञ्चिता गौतम–अवश वाग्ले तथा देवेन्द्र खरेल–गीता सापकोटा खरेलले आजीवन सदस्यता लिएका हुन्।
त्यस्तै, यादव ढुङ्गेलले आश्रमको संरक्षणमा रहेका एक नानाीबाबुकाे अभिभावकत्व ग्रहण गरेका छन्। अमिरा कँडेलले आश्रमको संरक्षणमा रहेका एक आमाबुबाको छोरी बनेर साथ दिने प्रतिबद्धता जनाएकी छन्। साथै राधा आचार्य भण्डारी–कृष्ण प्रसाद भण्डारीले एक बालगोपालको अभिभावकत्व ग्रहण गरेका हुन्।
कार्यक्रममा प्रोनिशा काफ्ले, श्याम दाहाल, सृजना तिवारी, अनिल सुवेदी, बुद्धि भट्टराई, अङ्कित रायमाझी, यदु आचार्य–लक्ष्मी आचार्य, जीवन ढिताल, प्रतीक्षा शर्मा–भावना, रिज्नु अधिकारी, चिरस्मृति श्रेष्ठ, इन्दुकेश पाण्डे, दीपक सापकोटा, प्रतिमा पाण्डे, श्री सापकोटा, सञ्जय पुरी, शिव रिमाल, शर्मिला अधिकारी–कृष्ण अधिकारी र नवीन कम्बाङलगायतले आफ्नाे गक्ष्य अनुसार आर्थिक सहयोग प्रदना गरेका छन्।
एडिलेडमा आयोजित कार्यक्रम सफल बनाउन कमल सिलवालले सञ्चालन तथा व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए। ‘कनेक्ट अष्ट्रेलिया थ्रु ह्युमानिटी’ अभियानमार्फत अष्ट्रेलियामा रहेका नेपाली तथा मानवताप्रेमी समुदायलाई मानवसेवा आश्रमको सेवा अभियानसँग जोड्ने क्रम जारी छ।