काठमाडौँ । मानवसेवा आश्रमले देशभर सञ्चालनमा रहेका आफ्ना विभिन्न शाखा लागि कर्मचारी माग गरेको छ। सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपालु घोषणा गर्ने अभियानलाई थप प्रभावकारी बनाउन आश्रमले योग्य, इमानदार तथा जिम्मेवार नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।
आश्रमका रानीवन, धुनीबेशी, हेटौँडा, चितवन, हेम्जा, छोरेपाटन, बागलुङ, लमजुङ, सुर्खेत, तिलोत्तमा, बुटवल, दाङ, बाँके, झापा, सुनसरी, मोरङ, धनुषा, रौतहट, पर्सा, सर्लाहीलगायतका शाखाका लागि सुपरभाइजर, प्रदेश सचिव, कार्यालय सचिव, लेखापाल, स्वास्थ्यकर्मी, थेरापिष्टलगायत विभिन्न पदमा कर्मचारी नियुक्त गरिनेछ। आश्रमले काठमाडौँ उपत्यका, गण्डकी, लुम्बिनी, मधेश र कोशी प्रदेशका लागि खरिद सहायक ७ जना, सुपरभाइजर १३ जना, प्रदेश सचिव ६ जना, कार्यालय सचिव ८ जना, लेखापाल ६ जना र स्वास्थ्यकर्मी १६ जना आवश्यक रहेको जानकारी दिएको छ। साथै आश्रमका विभिन्न शाखाका लागि २५ जना केयर गिभरसमेत नियुक्त गरिने भएको छ ।
सम्बन्धित पदका लागि आवश्यक शैक्षिक योग्यता तथा अनुभव भएका प्रमाणपत्र, व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि र पासपोर्ट साइजको फोटोसहित एक हप्ताभित्र आवेदन दिन सकिनेछ।