काठमाडौँ । मानवसेवा आश्रमले शनिबार देशका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा कष्टपूर्ण जीवन व्यतित गरिरहेका ७ जना सडकआश्रित उद्धार गरेको छ। उद्धार गरिएकामध्ये ६ जना पुरुष र १ जना महिला रहेका छन्। त्यसैगरी, आश्रमको संरक्षणमा रहँदै आएका १ जना आश्रितको आवश्यक प्रक्रिया पूरा गरी पारिवारिक पुनर्मिलन पनि सम्पन्न भएकाे हाे ।
साेहीदिन आश्रमका विभिन्न शाखामा आश्रित आमाबुवा तथा बालबालिकाहरूको सेवा, संरक्षण तथा व्यवस्थापनका लागि १० लाख ५१ हजार ८ सय ३७ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ। त्यस्तै आश्रम सञ्चालन तथा सेवा व्यवस्थापनका लागि १ लाख १ हजार ५ सय ९० खर्च भएको आश्रमको आर्थिक विवरणमा उल्लेख गरिएको छ।
आश्रितहरूको दैनिक भोजन व्यवस्थापनलाई सहज बनाउन ४३ वटा भोजन सेवा तथा ११ वटा खाजा सेवा सञ्चालन गरिएकाे थियाे । यसैबीच, मानवता अध्ययन, अवलोकन तथा विभिन्न प्रयोजनका लागि ४ सय ५६ जनाले आश्रमका विभिन्न शाखाको अवलोकन तथा भ्रमण गरेका छन्।
साथै, सेवाकार्यलाई थप सुदृढ बनाउन दाताहरूबाट आश्रमलाई १ लाख ६० हजार बराबरका जिन्सी सामग्री पनि सहयोग प्रदान गरिएकाे छ ।
आश्रमले दैनिक रूपमा सञ्चालन गर्दै आएको उद्धार, संरक्षण, पुनर्मिलन तथा सेवा व्यवस्थापनका कार्यमा सरकारी निकाय, विभिन्न संघसंस्था, सहयोगी दाता तथा सर्वसाधारणको निरन्तर साथ र सहयोगले रहँदै आएकाे छ ।