पोखरा । पितृ माेक्ष तथा शान्तिकाे अभिष्टले पाेखरामा हेमजामा मानवसेवा आश्रमद्वारा आयाेजित श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा दाताहरूको उत्साहजनक सहभागिता निरन्तर बढ्दै गएको छ। जारी महायज्ञमा दाताहरुले गक्ष्यअनुसारकाे दान गर्दै आश्रमकाे मानवीय अभियानमा सहयाेग प्रदान गरिरहेका छन् ।

महायज्ञमा विभिन्न व्यक्ति तथा संघसंस्थाबाट उल्लेख्य सहयोग प्राप्त भइरहेकाे छ। पोखरा महानगरपालिका–१९ अकलास्थित अकलादेवी मन्दिर धार्मिक क्षेत्र विकास समितिले १ लाख ११ हजार १सय ११ रुपैयाँ सहयोग प्रदान गरेको छ।
त्यसैगरी, पोखरा–४ गैह्रापाटन निवासी वसन्त ताम्राकार र राधिका ताम्राकारले क्रमशः रु. १ लाख १ सय रुपैयाँ र १ लाख १ सय ५ रुपैयाँ सहयोग गरेका हुन्।
धादिङको गजुरी–२ मलेखुस्थित श्री भद्रकाली सामुदायिक विकास समाजले ५५ हजार ५ सय ५५ सहयोग गरेको छ भने विभिन्न आमा समूह तथा सामाजिक संघसंस्थाहरूको पनि उल्लेख्य साथ देखिएको छ। त्यस्तै श्री परोपकार सर्वेश्वर नारी समूह (पोखरा–४) ले ३५ हजार ८५ रुपैयाँ, श्री आदर्श आमा समूहले २५ हजार १२५ र २५ हजार ३९५ रुपैयाँ , श्री हरियाली आमा समूहले १८ हजार ६३० तथा श्री प्रगतिशील आमा समूहले ६ हजार ६६६ सहयोग प्रदान गरेका छन्।

त्यसैगरी, विभिन्न व्यक्तिहरूबाट पनि सहयोग प्राप्त भएको छ। शरदराज सुवेदी, यमदेवी ढकाल, नारायण कार्की, अर्जुन/कालिका आचार्य तथा दुर्गा बहादुर क्षेत्री/कुलदेवी क्षेत्री लगायतले नगद सहयोग प्रदान गर्दै महायज्ञलाई थप सशक्त बनाएका छन्।
मानवसेवा आश्रमको सेवा सहजता, दिगोपना, क्षमता विकास तथा अक्षयकोष श्रीवृद्धिको उद्देश्यसहित सञ्चालन भइरहेको महायज्ञ बैशाख १९ गतेदेखि सञ्चलान भएकाे हाे ।

आश्रमले पोखरा शाखाको भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ धर्मशाला निर्माणका लागि महायज्ञ आयोजना गरेको हो। पोखरा–२५ हेमजामा जारी महायज्ञ २६ गतेसम्म सञ्चालन हुने यज्ञ मूल आयाेजक समितिले जनाएकाे छ ।