पोखरा । मानवसेवा आश्रम पोखरास्थित हेम्जा शाखामा आयोजना हुन लागेको श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ–२०८३ बारे जानकारी दिन सोमबार पत्रकार सम्मेलन आयोजना गरिने भएको छ।

आश्रमले हेम्जा शाखाकाे भवन निर्माण सम्पन्नता, लक्ष्मीनारायण मन्दिर निर्माण, मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष वृद्धिका लागि महायज्ञ आयोजना गर्न लागेको हो । साेबारे जानकारी दिन सोमबार दिउँसो २ः३० बजे आश्रम परिसरमै पत्रकार सम्मेलन हुने आश्रमले जनाकारी दिएकाे छ ।

बैशाख १९ देखि २६ गतेसम्म सञ्चालन हुने महायज्ञमा भागवत भाष्कर गुरु कमलनयन गौतमज्यूको मुखारबिन्दबाट कथा वाचन हुने कार्यक्रम तय भएकाे छ ।
यसैबीच आज सम्पन्न भेलाले महायज्ञ मूल समारोह समिति संयोजकमा अनिलकुमार शाही, सह–संयोजक (यज्ञ सारथीमा) धर्मराज बास्तोला, सचिवमा पदम बहादुर के.सी, सहसचिवमा भिम श्रेष्ठ, कोषाध्यक्षमा मिना कुँवर र सह–कोषाध्यक्षमा रुद्रनाथ पौडेललाई चयन गरेको छ।
यसैगरी, मानवसेवा आश्रम देशभरबाट सहयोगापेक्षी सडकआश्रित मानिसहरूको उद्धार गरी उपचार, पालनपोषण र पारिवारिक पुनर्मिलन गर्दै आएको छ। भने साे व्यवस्थापनका लागि समय–समयमा आश्रमकाे पूर्वाधार निर्माण, सेवा विस्तार र अक्षयकोष वृद्धिका लागि समय समयमा महायज्ञ आयाेजना गर्दै आईरहेकाे छ ।
महायज्ञ अवधिभर कथा वाचनसँगै विविध सांस्कृतिक र धार्मिक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। आश्रमले महायज्ञ आयाेजना गर्नुकाे मुख्य उद्देश्य आर्थिक संकलन मात्र नभइ धर्म, संस्कार, सामाजिक सेवा र मानवताको सन्देश प्रवाह गर्नु रहेकाे उल्लेख गरेकाे छ ।