काठमाडौँ । साेमबार सहयाेगी मनकारी दाताबाट सहयोगापेक्षी मानवहरूको सेवा सहजीकरण तथा दैनिक व्यवस्थापनका लागि मानवसेवा आश्रमलाई सोमबार ५ लाख ३४ हजार ३ सय ७८ रुपैयाँ सेवा योगदान प्राप्त भएको छ। सोही दिन आश्रम सञ्चालन र व्यवस्थापनतर्फ ४ लाख ३३ हजार ४ सय ९६ रुपैयाँ बराबरको खर्च भएको आश्रमको आर्थिक विवरणमा उल्लेख गरिएको छ।
आश्रमका विभिन्न शाखाहरूमा बिहान र बेलुका गरी २९ वटा भोजन सेवा र १३ वटा खाजा सेवा सम्पन्न भएका छन्। यसैबीच उद्धार गरी आश्रममा सुरक्षित आश्रय प्रदान गरिएका एक जनाको पारिवारिक पुनर्मिलन सफलतापूर्वक सम्पन्न भएको छ।
सोमबार विभिन्न प्रयोजनका लागि ४ सय २७ जना सहयोगी दाताहरूले आश्रमको अवलोकन गरेका थिए। अवलोकनका क्रममा आश्रममा सञ्चालन भइरहेका सेवा, उद्धार, संरक्षण तथा पारिवारिक पुनर्मिलनका गतिविधिबारे जानकारी गराइएकाे छ ।
त्यसैगरी सोमबार आश्रमलाई सहयोग स्वरूप २ लाख २३ हजार १५ रुपैयाँ बराबरको खाद्यान्न तथा जिन्सी सामग्री समेत प्राप्त भएको आश्रमले जानकारी दिएकाे छ। आश्रमले सहयोग गर्ने सम्पूर्ण दाता, सहयोगी संस्था, स्वयंसेवक तथा मानवताप्रेमी मनहरूप्रति हार्दिक आभार व्यक्त गरेको छ।
मानवसेवा आश्रमले हाल २९ वटा शाखा कार्यालय विस्तार गरी देशका विभिन्न स्थानबाट सहयोगापेक्षी सडकआश्रित मानवहरूको उद्धार, उपचार, संरक्षण, पारिवारिक पुनर्मिलन तथा पुनर्स्थापनाको सेवा निरन्तर सञ्चालन गर्दै आएको छ।