बुटवल। बुटवल–१५ सेमलारस्थित भाटाप्रगति टोलमा जारी महायज्ञको उत्तरार्धतिर प्रवेश गर्दै मंगलबार छैटौं दिन पनि श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता देखिएको छ। भक्तजनहरूको बाक्लो उपस्थितिका कारण पण्डाल परिसर दिनभरि भरिभराउ बनेको थियो। राष्ट्रिय परोपकार महासंघ नेपालको आयोजनामा सञ्चालन भइरहेको महायज्ञबाट निर्माण हुन लागेको ‘कुञ्जधाम’का लागि विभिन्न संघ–संस्था तथा व्यक्तित्वहरूले उल्लेखनीय आर्थिक सहयोगको प्रतिबद्धता जनाएका छन्।
महायज्ञका क्रममा बुटवल उपमहानगरपालिका–१५ नम्बर वडा कार्यालयले १० लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। यस्तै, बुटवल–१५ निवासी यज्ञ सारथि हरिध्वज मल्लले ५५ हजार ५ सय ५५ रुपैयाँ, भुवन खत्रीले ५० हजार ५ सय ५५ रुपैयाँ, सागर पौडेलले ३० हजार ५५ रुपैयाँ, रुद्रप्रसाद गौतमले १० हजार ५ सय ५५ रुपैयाँ, भिमप्रसाद सापकोटाले १५ हजार ७ सय ११ रुपैयाँ तथा अमरकुमारी सुवेदीले १५ हजार ६ सय ५ रुपैयाँ सहयोग गरेका छन्। पूर्णबहादुर/ज्ञानु खत्रीले २५ हजार ५ सय ५५ रुपैयाँ, घनश्याम गिरीले २१ हजार रुपैयाँ तथा बद्रीनारायण/भगवती अर्यालले १५ हजार ९ सय ९५ रुपैयाँ प्रदान गरेका हुन्।
त्यसैगरी वासुदेव अर्याल, नेत्रप्रसाद/सरस्वती ढकाल, बुद्धिप्रसाद/गीता ढकाल, धुव्रप्रसाद श्रेष्ठ, शरदकुमार/चम्पादेवी रेग्मी, सीतादेवी/लिलाधर न्यौपाने, हरिप्रसाद पोखरेल, रुमाकान्त गौतम, सावरसिंह/कृष्णकुमारी केसी, दिलीपराज/यमुना गौडेल, खगनाथ/सुमित्रा सुवेदी लगायतले जनही १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन्। मनप्रसाद/इन्दिरा सापकोटाले १६ हजार ५ सय रुपैयाँ प्रदान गरेका छन्।
सिद्धविनायक सेकेन्डरी स्कुल परिवार, राष्ट्रिय परोपकार महासंघ बुटवल इकाई समिति, जीवेलाल भुसाल, हरिलाल शर्मा, तिलकप्रसाद सापकोटा, भरतलाल शर्मा पौडेललगायतले पनि जनही १५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन्।
कृष्णप्रसाद काफ्लेले १० हजार रुपैयाँ, पवित्रा–राधा तिवारीले ११ हजार ५ रुपैयाँ, माधव भुसालले २१ हजार ५ सय रुपैयाँ, आदर्श आमा समूहले १० हजार रुपैयाँ प्रदान गरेका छन्।
एनएमबी बैंक कर्मचारी परिवार सेमलार, तिलाधर/गंगा गौतम, रुद्रराज पौडेललगायतले जनही ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका छन्। विभिन्न आमा समूह, टोल विकास संस्था तथा व्यक्तिहरूले समेत ५ हजारदेखि ५० हजार रुपैयाँसम्म सहयोग प्रदान गरेका छन्।
आयोजकका अनुसार महायज्ञको भोलि औपचारिक कार्यक्रमबीच समापन गरिनेछ। महायज्ञमार्फत संकलित रकम कुञ्जधाम निर्माण कार्यमा खर्च गरिनेछ।