गाेरखा । अक्षयकोष निर्माणका लागि मानवसेवा आश्रम गोरखा बालगृहलाई मंगलबार आर्थिक सहयोग प्राप्त भएको छ।
गोरखा नगरपालिका–७ नयाँबजार निवासी श्रेष्ठ परिवारले बालगृहको संरक्षणमा रहेका बालबालिकाहरूको सेवा व्यवस्थापनमा टेवा पुर्याउने उद्देश्यले अक्षयकोष निर्माणार्थ सहयोग गरेका हुन्।
स्वर्गीय बुवाआमा बलबहादुर श्रेष्ठ र शान्ती श्रेष्ठको स्मृतिमा नगद १ लाख १ रुपैयाँ प्रदान गरिएको आश्रमकाे गोरखा जिल्ला संयोजक सम्भावना मानवसेवाले जानकारी दिनुभएकाे छ । योगदान गर्नुहुनेहरूमा छोरा आसकाजी श्रेष्ठ, बुहारी लक्ष्मी श्रेष्ठ, राजु श्रेष्ठ, सबिना श्रेष्ठ, छोरी–ज्वाइँ बिमला श्रेष्ठ र दिलकुमार श्रेष्ठ तथा नाति–नातिनीहरू श्रेस्ता श्रेष्ठ, श्रवण श्रेष्ठ, श्रद्धा श्रेष्ठ, सत्यम श्रेष्ठ, साइर श्रेष्ठ र रिहान श्रेष्ठ रहेका छन्।

अक्षयकोष निर्माणले आश्रमको दीर्घकालीन व्यवस्थापनमा सहयोग पुग्ने विश्वास गरिएको छ। हाल बालगृहमा ३६ जना बालबालिका संरक्षणमा रहेका छन् । वि.सं २०७३ चैत ५ गतेदेखि आश्रमले गोरखामा सेवा विस्तार गरेको हो। मानवसेवा आश्रमले सहयाेगका लागि श्रेष्ठ परिवारप्रति आभार व्यक्त गर्दै स्वर्गीय बलबहादुर श्रेष्ठ र शान्ती श्रेष्ठको चीरशान्तिको कामना गरेको छ।
मानवसेवा आश्रमले खुला सडकपेटी तथा सार्वजनिक स्थलहरूमा कष्टकर जीवन बिताइरहेका असहाय, बेसहारा तथा अशक्त तथा अभिभावकविहीन बालबालिकाको उद्धार गरी सेवा प्रदान गरिरहेकाे छ ।