बुटवल । राष्ट्रिय परोपकार महासंघ नेपाल द्वारा परोपकार कुञ्जधाम निर्माणार्थ बुटवल–१५ सेमलारस्थित भाटाप्रगति टोलमा सञ्चालन भइरहेको महायज्ञको पाँचौँ दिन पनि मनकारी दाताहरूको उल्लेखनीय सहभागिता देखिएको छ।
फागुन ६ गतेदेखि सञ्चालनमा आएको उक्त महायज्ञमार्फत कुञ्जधाम निर्माणका लागि जग्गादानदेखि आर्थिक सहयोगसम्म जुट्दै आएको आयोजकले जनाएको छ। हालसम्म २ हजार रुपैयाँदेखि २० लाख रुपैयाँसम्मको दान प्राप्त भएको जानकारी दिइएको छ।
सोही क्रममा सोमबार बुटवल–१५ निवासी हरिमाया भुसालले ७ लाख ११ हजार १ सय ११ रुपैयाँ दान गर्नुभएको छ। बुटवल–८ निवासी डिल्लीराम/थानेश्वरी भण्डारीले ५ लाख ११ हजार १ सय ११ रुपैयाँ, गोविन्द्रप्रसाद पौडेलले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग गर्नुभएको छ।
त्यस्तै, शुक्रराज/उषा चुकेले ५६ हजार रुपैयाँ, हेमबहादुर खड्काले ३५ हजार ५ सय ५५ रुपैयाँ, राष्ट्रिय परोपकार महासंघ नेपालले ३२ हजार १ सय ५५ रुपैयाँ, ललित प्रसाद/लक्ष्मी खरेलले २५ हजार ५ सय ५५ रुपैयाँ, बेदनिधि/गौमती रिजालले २५ हजार ७ सय ७७ रुपैयाँ, सूर्यभक्त/विष्णु काफ्लेले २० हजार ५ सय ५५ रुपैयाँ, शेरबहादुर गोतामेले २५ हजार ८ सय रुपैयाँ सहयोग गर्नुभएको छ।
यसैगरी, सिद्धेश्वर भजन मण्डल समिति पोखराले २५ हजार ५ सय ५५ रुपैयाँ, निर्मला सारु/डीपी सारुले २६ हजार १ सय ५ रुपैयाँ, महेश्वर शर्माले २१ हजार २ सय ५ रुपैयाँ, शिव चापागाईंले २१ हजार ५५ रुपैयाँ सहयोग प्रदान गर्नुभएको छ।
विक्रम सापकोटा, खिमकला पाण्डे, ज्ञानज्योति आमा समूह, दुन्डीराज खनाल, किसान/सुदीप सापकोटा, भिम तिवारी, गोपिकृष्ण/लिला खरेल, ओमबहादुर/बिमला थापा, आकृति न्यौपाने, गीता भण्डारी, चेतना आमा समूह, ज्ञानेश्वर/विजया रिजाल, शशिकला पुनले जनही १५ हजार ५ सय ५५ रुपैयाँ दान गर्नुभएको छ भने राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्यसमिति तनहुँले १५ हजार ७ सय ९५ रुपैयाँ सहयोग गरेको छ।
मानबहादुर बोहराले ११ हजार १ सय ५ रुपैयाँ, शशिधर ढकालले १२ हजार १ सय ५ रुपैयाँ, चन्द्रप्रसाद गौतमले ११ हजार ५ सय ५५ रुपैयाँ, राष्ट्रिय परोपकार ज्येष्ठ नागरिक मिलन केन्द्र सिद्धेश्वरले १० हजार ८ सय २० रुपैयाँ, प्रगतिशील आमा समूहले ९ हजार ३ सय ५५ रुपैयाँ, रतनपुर आमा समूहले ११ हजार १ सय ११ रुपैयाँ, माथिल्लो चम्किपुर टोल विकास संस्थाले १० हजार ५ रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै, सुरेन्द्र अग्रहरी तथा भूमिराज/मनकला रिजालले जनही १० हजार १ सय ५ रुपैयाँ, हाम्रो देउराली कृषि सहकारी संस्थाले ७ हजार २ सय ४५ रुपैयाँ प्रदान गरेको छ।
ज्ञानमाया लामिछाने, प्रेम पौडेल, योगेन्द्र भट्टराई, दुर्गा भवानी आमा समूह, अमृता जिसी, स्वामीनारायण मुक्तिधाम नारी जागृति समूह, जोगमाया पौडेल, सरस्वती भुसाल, समाज सुधार आमा समूह, शारदा खनाल, प्रतिभा खनाल, पूर्णकुमारी पोखरेल, डिलबहादुर कार्की, टिकाकुमारी खत्री, जगत/भिमाकुमारी पौडेल, कृष्ण/कोपिला खड्का, टिकाबहादुर शाही, बासुदेव उपाध्यायले जनही ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ।
भिमप्रसाद सापकोटाले ५ हजार ५ सय ५५ रुपैयाँ, दिपेन्द्र/कोपिला ढकालले ५ हजार रुपैयाँ, नारायणप्रसाद पौडेलले ५ हजार ५ सय ७० रुपैयाँ, मनबहादुर क्षेत्रीले ५ हजार ६ सय ५ रुपैयाँ, प्रकाश काफ्लेले ५ हजार ५१ रुपैयाँ, नन्दराम सापकोटाले ५ हजार १ सय ५१ रुपैयाँ, तारा प्रसाद भण्डारीले ५ हजार १ सय ५१ रुपैयाँ, दुर्गा आमा समूहले ५ हजार ६५ रुपैयाँ, टंकप्रसाद/टिकादेवी काफ्लेले ५ हजार ५० रुपैयाँ तथा मैनापुर आमा समूहले ७ हजार ५ सय रुपैयाँ प्रदान गर्नुभएको छ। महायज्ञमार्फत संकलित सहयोग रकम परोपकार कुञ्जधाम निर्माणमा उपयोग गरिने आयोजकले जनाएको छ