
बुटवल । राष्ट्रिय परोपकार महासंघले बुटवल–१५, सेमलारमा परोपकार कुञ्जधाम निर्माण तथा विस्तार गर्ने उद्देश्यले आयोजना गरिएकाे महायज्ञ चौथो दिन पनि श्रद्धा, भक्ति र उत्साहका साथ जारी रहेको छ। महायज्ञमा उपस्थित भक्तजनहरूले आफ्नो तन, मन र धनबाट योगदान गर्दै कुञ्जधाम निर्माणमा महत्वपूर्ण सहयोग पुर्याइरहेका छन्।

महायज्ञमा चौथो दिन बुटवल–९ निवासी हरिप्रसाद/गीता सापकोटाले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ, बुटवल–८ निवासी सूर्यमूर्ति/मथुरा अर्यालले ४६ हजार रुपैयाँ सहयोग गर्नुभएको छ। प्रगतिशील नारी आमा समूहले ११ हजार १ सय ५५ रुपैयाँ, धनश्याम भण्डारीले १५ हजार ५ सय ५५ रुपैयाँ, सुरेशराज लम्सालले २६ हजार ५ सय रुपैयाँ, डिलकुमारी कँडेलले २५ हजार ५ सय ५५ रुपैयाँ, ज्योति काफ्लेले १५ हजार ५ सय ५५ रुपैयाँ दान गर्नुभएको हाे।

त्यस्तै, बुटवल–१५ निवासी सुमन विश्वकमर्मा, रामचन्द्र लम्साल, चित्रादेवी पोखरेल, हिरा/मिना कौशल, ज्ञानमाया लामिछाने र भीमप्रसाद सापकोटाले जनही ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ। टोरीबारी टोल विकास संस्था ५ हजार ५ सय ५५ रुपैयाँ, धार्मिक जनकल्याण भजन समूह ६ हजार १ सय ५ रुपैयाँ, डासुराम/विष्णुमाया भुसाल ५ हजार १ सय ५ रुपैयाँ, देवीलाल सापकोटा ५ हजार १ सय १५ रुपैयाँ, भानुभक्त भण्डारी ५ हजार ९ सय ९९ रुपैयाँ र विष्णुप्रसाद चापागाईं ७ हजार १५ रुपैयाँ योगदान गर्नुभएको छ।

महायज्ञबाट संकलित सम्पूर्ण रकम परोपकार कुञ्जधामको निर्माण र विस्तार गरी सामाजिक–धार्मिक कार्यमा प्रयाेग गरिने यज्ञ सारथी हरिध्वज मल्लले बताउनुभएकाे छ । भक्तजनको सक्रिय सहभागिता र उदार योगदानले महायज्ञलाई अझ प्रभावकारी र सफल बनाउन महत्वपूर्ण सहयाेग पुगकाे छ ।