बागलुङ । मानवसेवा आश्रम बागलुङ शाखामा अभिभावक परिवार औपचारिक रूपमा गठन भएको छ। जसमा संयोजकमा निर्मलकुमार श्रेष्ठ रहनुभएको छ भने सहसंयोजकमा द्वय शिव के.सी र महिलातर्फ सरिता खड्का गौतम रहनुभएको छ। मानवसेवा आश्रमले अभिभावक परिवार गठन तथा परिचालन कार्यविधि २०८१ बमोजिम यस परिवारको गठन गरिएको जनाएको छ। विभागीय संयोजक र विषयगत उपसमिति संयोजक सदस्यहरू पहिलो बैठकबाट छिटै चयन गरिने आश्रमले जनाएकाे छ ।
अभिभावक परिवारले आश्रमको विस्तृत विकास परियोजना, प्रतिवेदन कार्य र मर्मत सेवाको जिम्मेवारी आश्रमका अध्यक्ष रामजी अधिकारीलाई प्रदान गरेको छ। आगामी दिनमा समितिले आश्रमका विकास योजना र सेवा गतिविधिमा समन्वय र नेतृत्व प्रदान गर्ने अपेक्षा गरिएको छ।
त्यसैगरी, बागलुङमा निर्णयघाट मानवसेवा धाम विकास समिति समेत गठन गरिएको छ। बागलुङ नगरपालिका–४, निरयघाटस्थित आश्रमको प्रांगणमा बसेको बैठकको अध्यक्षता मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यूले गर्नुभएको थियो।
समितिमा मानवसेवा आश्रम बागलुङ शाखाको भवन निर्माण तथा अक्षयकोष श्रीवृद्धिका लागि आयोजना गरिएका महायज्ञ सचिवालयका सदस्यहरू रहेका छन्। धामको संयोजकमा सहदेवराज भण्डारी, सहसंयोजक राजु खड्का, उपसंयोजक राजु आचार्य, सचिव युक्तप्रसाद रिजाल, कोषाध्यक्ष सरिता खड्का गौतम रहेका छन्। सदस्यहरूमा निर्मल श्रेष्ठ, जब्बरबहादुर लामिछाने, कुमार विक्रम क्षेत्री, जयबहादुर केसी, रूद्रबहादुर केसी, शिवप्रसाद सापकोटा, नरेश कँडेल, लक्ष्मी बाँस्कोटा, जितबहादुर जिसी, सृजना पन्त, सुमिरा लामा, विपना तामाङ, ललिता थापा, रूद्रबहादुर महत र शिव केसी रहेका छन्।
समितिकाे संरक्षक, सल्लाहकार परिवार तथा उपसमितिहरू चाँडै बैठकबाट चयन गरिने मानवसेवा आश्रमले जानकारी दिएकाे छ ।