पोखरा । मानवसेवा आश्रमले पोखरामा सञ्चालन गरेको १४औँ ज्ञान हस्तान्तरण कार्यक्रम शनिबार औपचारकि रूपमा समापन गरएिको छ। “युवा जागे, देश जाग्छ” भन्ने नारासहति नेपालमै केही गर्न चाहने युवालाई लक्षित गरी आयोजना गरएिको उक्त कार्यक्रममा देशभरबाट सहभागी भएका ७७ जना दीक्षति भएका छन्।
त्यसैगरी समापन सहाराेहमा बाेल्दै मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधकिारीज्यूले दीक्षति सहभागीहरूलाई उज्ज्वल भवष्यिको शुभकामना गर्दै मानवता प्रवर्द्धनको अभियाननमा सक्रिय रूपमा सहभागी हुन आग्रह गर्नुभयो। उहाँले सीप, चेतना र सेवाको समन्वयमार्फत राष्ट्र निर्माणमा युवाको महत्वपूर्ण भूमिका उल्लेख गर्नुभयाे ।
माघ ९ गतेदेख सुरु भएको कार्यक्रम अवधभिर सहभागीहरूले विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तिहरूबाट व्यावहारिक प्रशिक्षण प्राप्त गरेका हुन् । प्रशक्षिणमार्फत आत्म–व्यवस्थापन, समय व्यवस्थापन, मानवीय मूल्य र आचरणसम्बन्धी ज्ञान अभविृद्ध हुनुका साथै सहभागीहरूले आफ्नै क्षमताको पहिचा र सदुपयोग गर्दै सक्रिय रूपमा दक्षता प्रदर्शन गरेका थिए ।
कार्यक्रम दैनकि चार सत्रमा बिहान ५ः३० बजेदेखि राती ९ः३० बजेसम्म सञ्चालन गरिएकाे थियाे । मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीज्यू, मनोवैज्ञानिक डा. सुशील कँडेल, राजयोग प्रशिक्षक विजयराज सग्देल, पशु अधिकारकर्मी बिना पन्त, डा. याेगी विकासानन्दलगायत विभिन्न क्षेत्रका व्यक्तित्वहरूको कार्यक्रमको सहजीकरण गर्नुभएको थियाे ।
कार्यक्रममा सहभागीहरूले आफ्नो रुची र क्षमताअनुसार भवष्यिमा मानवसेवा आश्रमका विभिन्न क्षेत्रमा अभयिन्ता तथा कर्मचारीका रूपमा सेवा गर्ने अवसर समेत प्राप्त गर्ने आश्रमले जनाएको छ। मानवसेवा आश्रमले मानवता प्रवर्द्धनका उद्देश्यले विभिन्न समय र स्थानमा आम सेमनिार, ज्ञान हस्तान्तरण कार्यक्रम तथा मन व्यवस्थापनसम्बन्धी प्रशिक्षणहरू सञ्चालन गर्दै आइरहेको छ।
हाल देशभर २९ वटा शाखा विस्तार गरी आश्रमले विगत १३ वर्षदेखि खुला सडकपेटी तथा सार्वजनकि स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न बाध्य बेसहारा, असहाय, अशक्त व्यक्तिहरूकाे उद्धार, उपचार, पालनपोषण, संरक्षण र पारविारकि पुनर्मलिन कार्य गर्दै आएको छ। आश्रमले वि.सं २०८२ भित्रै नेपाललाई सहयोगापेक्षी सडकआश्रति मानवमुक्त राष्ट्र घोषणा गर्ने तयारीमा रहेकाे छ ।