हेटाैँडा । मानवसेवा आश्रम केन्द्रीय कार्यालय, हेटौँडाले बुधबार आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रगति विवरणँगै आयव्यय विवरण सार्वजनिक गरेको छ। आश्रम पाङ्ग्रणमा आयोजित सामाजिक लेखा परीक्षण कार्यक्रममा आश्रमले एक वर्ष अवधिमा गरेकाे सेवा गतिविधिसँगै आर्थिक विवरण प्रस्तुत गरेको हो।
आर्थिक वर्ष २०८१/८२ मा आश्रमले १ करोड ७७ लाख ८९ हजार २ सय ९३ रूपैयाँ कुल आम्दानी गरेको छ भने ३ करोड ९६ लाख ५ सय ९१ रूपैयाँ खर्च भएकाे छ। त्यस्तै, बैंक तथा नगद गरी मौज्दात रकम ४ करोड २८ लाख ४१ हजार ५६ रूपैयाँ र अक्षयकोषमा ४ करोड ९३ लाख ७८ हजार ९ सय ७० रूपैयाँ रहेको छ।
वार्षिक प्रतिवेदनअनुसार मुख्य कार्यालयले एक वर्षकाे अवधिम १ सय २२ जना सहयोगापेक्षी सडकआश्रितको उद्धार र ५३ जनाको पारिवारिक पुनर्मिलन गराएको छ।
कार्यक्रममा आश्रमका कर्मचारी, अभियान्ता, स्थानीय जनप्रतिनिधि, सहयोगी दाता, अभिभावक र पत्रकार लगायतको उपस्थिति रहेको थियो।
मानवसेवा आश्रम प्रत्येक वर्ष सामाजिक लेखा परीक्षण गर्दै आर्थिक पारदर्शिता र सेवाको प्रभावकारिता सुनिश्चित गर्दै आएको छ। विगत १३ वर्षदेखि आश्रमले सडकआश्रित र असहाय व्यक्तिहरूको उद्धार, उपचार, संरक्षण र पारिवारिक पुनर्मिलन सेवा सञ्चालन गरिरहेकाे छ ।