काठमाडौँ। मानवसेवा आश्रमद्वारा सञ्चालित विभिन्न शाखाहरूले आइतबार ५ पुरुष र १ महिला गरी ६ जना सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार गरेका छन् भने १ जना आश्रितको सुखद् पारिवारिक पुनर्मिलन समेत गराएका हुन्।
साेहीदिन आश्रममा आश्रितहरूको सेवा सहजीकरणका लागि मनकारी दाताहरूले विभिन्न अवसरमा सहयोग प्रदान गर्नुभएको छ। उक्त सहयोगबाट ११ लाख ४७ हजार ७ सय २१ रुपैयाँ बराबरको सेवा योगदान प्राप्त भएको छ। साथै, आश्रितहरूको सेवा व्यवस्थापनका लागि ३ लाख ४० हजार १ सय १५ रुपैयाँ बराबरको सेवा सदुपयोग मानवसेवा आश्रमले जनाएको छ।
आइतबार बिहान र बेलुका गरी आश्रमका विभिन्न शाखाहरूमा ४९ वटा भोजन सेवा र १३ वटा खाजा सेवा सम्पन्न भएका छन्।
यसैगरी मानवता अध्ययन तथा विभिन्न प्रयोजनका लागि ४ सय ५१ जना व्यक्तिहरूले आइतबार आश्रमका विभिन्न शाखाहरूको अवलोकन तथा भ्रमण गर्नुभएको छ। साथै, आश्रमलाई सहयोगस्वरूप ४ लाख २५ हजार ९ सय ७५ रुपैयाँ बराबरको जिन्सी सामग्री प्राप्त भएको छ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गरिहरेकाे छ । आश्रमले वि.सं २०८२ भित्रै सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल घाेषणा गर्न अभियान तीव्र पारेकाे छ ।