सर्लाही। मानवसेवा आश्रम सर्लाही शाखाले शनिबार आर्थिक वर्ष २०८१/८२ को आय–व्यय विवरणसहित प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ।
मधेस प्रदेश सरकार ऊर्जा तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आश्रमका अभिभावक, सहयोगी दाता, बुद्धिजीवी, पत्रकार लगायतकाे सहभागिता रहेको थियो।
आय–व्यय विवरण अनुसार शाखालालाई सेवा योगदानतर्फ ८१ लाख ९० हजार ७ सय ३ रूपैयाँ आम्दानी भए भएकाे छ भने ८६ लाख ९६ हजार ७ सय १७ रूपैयाँ कुल खर्च भएकाे छ । जसबाट शाखालालाई ५ लाख ६ हजार ७ सय ४६ रूपैयाँ घाटा भएकाे देखिन्छ । सम्पत्ति र दायित्व गरी शाखाकाे कुल सम्पत्ति ९२ लाख ३९ हजार ८ सय ६३ रूपैयाँ रहेकाे छ ।
शाखालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय, हरिवन नगरपालिका, हरिवन नगरपालिका ८ नम्बर वडा कार्याल, लालबन्दी नगरपालिका, हरिवन स्वास्थ्य चौकी, नेपाल विद्युत प्राधिकरण हरिवन नाे लाइट र श्री जन जागृति मा.वि लगायतका विद्यालयहरूबाट ७ लाख ४५ हजार ७ सय ४९ रूपैयाँ बराबरको सहयोग प्राप्त भएको छ।
संस्थाले आफ्नो आर्थिक विवरण सार्वजनिक गरी पारदर्शिता, उत्तरदायित्व र सामाजिक सेवाको प्रभावकारितामा जोड दिँदै र देशभर सहयोगापेक्षी सडकआश्रित व्यक्तिहरूको उद्धार, संरक्षण, उपचार तथा पुनर्स्थापनासम्बन्धी सेवाहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।