काठमाडौँ । मानवसेवा आश्रमले सातै प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयहरुका लागि कर्मचारी माग गरेको छ ।
आश्रमले सोमबार सूचना प्रकाशन गर्दै केयरगिभर, सरसफाइकर्मी, भान्से, सुरक्षा गार्ड, स्वास्थ्यकर्मी, कार्यालय सचिव, लेखापाल, मल्टिमिडिया सहायक, सुपरभाइजर, उद्धार तथा पारिवारिक पुनर्मिलन सहजकर्ता, माली लगायतका पदका लागि कर्मचारी माग गरेको हो ।
आश्रमले २४ वटा शाखा कार्यालयको सेवा व्यवस्थापनको लागि कर्मचारी आवश्य रहेकाे भन्दै मानवसेवा तथा सामाजिक क्षेत्रमा रुचि राख्ने इमानदार, समर्पित तथा सेवाभाव भएका इच्छुक नेपाली नागरिकहरुलाई दरखास्तका लागि आह्वान गरेकाे छ ।
आश्रमले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका लागि कर्मचारी माग गरेको हो । साथै
मधेश प्रदेशका सबै जिल्लाका आश्रमहरूमा दिवाकालीन सुरक्षाकर्मी आवश्यक रहेको छ भने रुपन्देही शाखाका लागि रात्रिकालीन सुरक्षाकर्मी आवश्यकता रहेकाे जनाएको छ ।
योग्यता र अनुभव
सम्बन्धित पद अनुसार न्यूनतम शैक्षिक योग्यता साधारण लेखपढदेखि स्नातक तहसम्म,
मानवसेवा, सामाजिक कार्य वा सामुदायिक सेवामा रुचि र अनुभव भएका व्यक्तिलाई प्राथमिकता,
सहनशील, इमानदार, सेव भावना तथा टिमवर्कमा काम गर्न सक्षम,
आवेदन प्रक्रिया
इच्छुक उम्मेदवारले निवेदन, आफ्नो बायोडाटा, नागरिकताको प्रतिलिपि र शैक्षिक प्रमाणपत्रहरूसहित आवेदन पेश गर्न सक्नुहुनेछ ।
आवेदन पठाउने ठेगाना ।
मानवसेवा आश्रम
मानव संसाधन विभाग
रानीवन, काठमाडौँ
फोन: ९८५५०७६०२९
इमेल: [email protected]