काठमाडौँ । आइतबार २ सय ५२ जनाले मानवसेवा आश्रमका विभिन्न सेवाकेन्द्रहरुकाे अवलाेकन तथा भ्रमण गर्नुभएकाे छ । विजयदशमी टीकाकाे चाैथाे दिन पनि आश्रममा आश्रित हुनुभएका आमाबुवाहरुसँग दसैँकाे टीका ग्रहण गर्ने तथा अन्य प्रयाेजनले समेत मानिसहरु आश्रम पुगेका हुन् ।
देशभर लगातारकाे झरीले जनजीवन प्रभावित बने पनि दसैँकाे टीका थाप्ने क्रम पनि जारी थियाे । चाैथाे दिन पनि मान्यजनबाट टीका ग्रहण गरिने हुँदा आश्रममा सामूहिक टीका ग्रहण गर्नेहरुकाे बाक्लै उपस्थिति रहेकाे थियाे ।
मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि र वैभव प्राप्त हुने धार्मिक विश्वास छ । तर आश्रमका आमाबुबासँग समय बिताउने र सेवा भावले आश्रम भ्रमणका क्रममा धेरैले आश्रममा आश्रित आमाबुबासँग सामूहिक टीका ग्रहण गरे भने कतिपय मनकारी व्यक्तिहरूले सहयोग तथा जिन्सी सामग्री समेत प्रदान गरेका छन् ।
त्यही क्रममा सेवा सहजीकरणका लागि मनकारी दाताहरूबाट ७ लाख ८८ हजार ३ सय ५२ रुपैयाँ बराबरको सेवा याेगदान भएकाे आश्रमले जनाएकाे छ ।
विभिन्न सेवाकेन्द्रहरुमा रहनुभएका आश्रितहरूकाे सेवा व्यवस्थापनका लागि भने २ लाख २२ हजार १ सय ३२ रुपैयाँ सेवा सदुपयाेग भएको आश्रमले जनाएकाे छ । आइतबार आश्रमका सेवाकेन्द्रहरूमा विभिन्न अवसर पारेर बिहान र बेलुका गरी २४ वटा भोजनसेवा र ३ वटा खाजा सेवा सम्पन्न भएका छन् । ८२ हजार ९ सय २२ रुपैयाँ बराबरकाे जिन्सी सामाग्री आश्रमलाई सहयोग बापत प्राप्त भएको छ ।
साेहीबीच मानवसेवा आश्रम दाङ सेवाकेन्द्रले आइतबार एकजना बेवारिसे महिलाकाे उद्धार गरेकाे छ ।
मानवसेवा आश्रमले विगत १३ वर्षदेखि खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।