काठमाडौँ । स्वर्गीय पितृको स्मरण गर्दै पछिल्लो समय मन्दिर तथा आश्रमहरुमा दान गर्नेहरुको संङ्ख्या बढ्दै गइरहेको छ ।
भाद्र २३ गतेदेखि सुरु भएको सोह्र श्राद्ध तिथि गत असोज ५ गते समापन भएको छ । सोह्र श्राद्धको अवसरमा मनकारी दाताले मानवसेवा आश्रमका सबै सेवाकेन्द्रमा पुगेर आफ्नो गक्ष्य अनुसारको दान गर्नुभएको छ ।
जसअन्तर्गत १६ दिनको अवधिमा आश्रमलाई नगद ६२ लाख ७५ हजार ९ सय ५७ रुपैयाँ प्राप्त भएको आश्रमले जनाएमो छ । जसमा १ हजार ७८ जनाले आफ्ना पितृको सम्झना गर्दै नगद सहयोग गर्नुभएको हो भने ३ सय ६ जनाले जिन्सी सामग्री समेत योगदान गर्नुभएको छ ।
आश्रमलाई नगद सहयोग प्राप्त भए बमोजिम सबैभन्दा बढी रुपन्देही सेवाकेन्द्रलाई जम्मा १२ लाख २२ हजार ७ सय ४८ रुपैया प्राप्त त भएको छ भने सबैभन्दा कम मानवसेवा आश्रमको कान्छो सेवाकेन्द्र रौतहटको चपुर सेवाकेन्द्रलाई २६ हजार प्राप्त भएको हो ।
त्यस्तै बागलुङ सेवाकेन्द्रलाई २ लाख ५१ हजार २ सय ८५, चितवनलाई ७ लाख ५८ हजार ५ सय ३६, सुर्खेत ४ लाख २७ हजार ५ सय २, पर्सा १ लाख ५१ हजार ६० छोरेपाटन ३ लाख ७२ हजार ५ सय २१, हेम्जा ४५ हजार १ सय ८६, ८७ हजार ७ सय २१, गोरखा ३८ हजार ६ सय १०, सर्लाही ४३ हजार, हेटौँडा, ३ लाख ६५ हजार १ सय ५६, धनुषा १ लाख ६ सय ८, झापा ४ लाख ४६ हजार १ सय ५०, भक्तपुर १ लाख ८० हजार ६ सय ३५, ललितपुर १ लाख १ सय ५५, बाँके २ लाख ४० हजार ८ सय ४०, रानीवन ५ लाख २८ हजार ७ सय १४, सामाखुसी २ लाख २८ हजार ३६, मोरङ ७७ हजार, दाङ ४० हजार, लमजुङ ४१ हजार ५ सय रुपैयाँ सहयोग प्राप्त भएको छ ।
उहाँहरुले दिवंगत आत्माको चिरशान्ति र पुण्यको निम्ति दानमार्फत आश्रममा आश्रित नागरिकलाई सहयोग प्रदान गर्नुभएको हो ।
सोह्र श्राद्धको अवसरमा दाताहरूले मानवसेवा आश्रमलाई अन्न, फलफूल, कपडा र नगद दान गरि आश्रमको सेवा व्यवस्थापनलाई टेवा पुर्याएका छन् ।