चितवन - चितवन भरतपुर–४, लंकु घर भइ हाल बेल्जियम निवासी रमेश गौतम र यशाेदा गौतमद्वारा आफ्ना छोराहरु रुबेन गौतम र रनिस गौतमको जन्मदिनको अवसरमा मानवसेवा आश्रम चितवन सेवाकेन्द्रमा उपस्थित भई आश्रममा आश्रित लक्ष्मी नारायणहरुका लागि बार्षिक भोजन सेवा अन्तर्गत रु १ लाख ११ हजार १ सय ११ रुपैयाँ योगदान गर्नु भएको छ । आश्रमका अध्यक्ष रामजी अधिकारीकाे उपस्थितिमा उक्त रकम चितवन सेवाकेन्द्रलाई हस्तान्तरण गर्नु भएकाे हाे ।

गौतम परिवारले मानवसेवा आश्रम, शाखा कार्यालय चितवनमा आश्रय लिइरहनुभएका १०४ जना लक्ष्मीनारायणहरूको सेवा सहजताका लागि वार्षिक भोजन सेवा अर्पण गर्नुभएको हो ।

भोजन सेवामा उहाँहरुको साथमा छोराहरु रुबेन गौतम र रनिस गौतम उपस्थिति रहेको थियो । मानवता प्रवद्र्धनमा समर्पित यो योगदानप्रति मानवसेवा आश्रम परिवारले उहाँका छोराहरु रुबेन र रनिस गौतम दुवैजनालाई जन्मदिनको शुभभावना व्यक्त गरेको छ ।
मानवसेवा आश्रमले खुला सडकपेटी एवम् सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवनयापन गर्न विवश सहयोगापेक्षी, बेसहारा,असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलनको गराउँदै आएको छ ।
आश्रमले २०८२ भित्रै मुलुकलाई सहयोगापेक्षी सडकआश्रित मानव मुक्त राष्ट्र नेपाल निर्माण गर्न अभियान सञ्चालन गरिरहेकाे छ ।