सुर्खेत । अक्षय तृतीयाको अवसरमा मानवसेवा आश्रम सुर्खेत सेवाकेन्द्रलाई खाद्यान्न सामग्री र नगद सहयाेग प्रदान गरिएकाे छ ।
बुधबार वीरेन्द्रनगर सुर्खेत निवासी जमुना गुरुङ, लोकेन्द गुरुङ, सुमन लामिछाने, गंगा सुनार,दीक्षा थापा, पुष्पा सुनारद्वारा सुर्खेत सेवाकेन्द्रकाे संरक्षणमा रहनुभएका आश्रितहरुकाे सेवा सहजीकरणका लागि खाद्यान्न सामग्री सहयाेग गरिएकाे हाे ।
उहाँहरूले आश्रमकाे सेवा सहजीकरणका लागि जिनसी सामग्री र नगद १२ हजार ३ सय ६५ रूपैयाँ प्रदान गर्नुभएकाे हाे ।
त्यस्तै अक्षय तृतीयाको अवसरमा वीरेन्द्रनगर नगरपालिका-७ सुर्खेत निवासी ओमकुमारी गौतमले सेवा सहजीकरणको लागि ५ बाेरा चामल याेगदान गर्नुभएकाे छ।

मानवसेवा आश्रमले विगत १२ वर्षदेखि खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।