काठमाडाैँ । मानवसेवा आश्रमका विभिन्न सेवाकेन्द्रहरूद्वारा बुधबार ८ जना सहयाेगापेक्षी सडकआश्रित मानवकाे उद्धार गरिएकाे छ भने ५ जना आश्रितकाे पारिवारिक पुनर्मिलन भएकाे छ । उद्धार हुनेमा रानीवन सेवाकेन्द्रबाट २ जना, झापाबाट २ जना, नेपालगञ्जबाट १ जना, तिलाेत्तमाबाट १ जना, दाङ १ जना र चितवन सेवाकेन्द्रबाट १ जना गरी ८ जनाकाे उद्धार भएकाे हाे । जसमध्ये सुर्खेतबाट ३, र झापा सेवाकेन्द्रबाट २ जना गरी ५ जना आश्रितकाे सुखद् पारिवारिक पुनर्मिलन भएकाे आश्रमले जनाएकाे छ ।
बुधबार आश्रमका विभिन्न सेवाकेन्द्रहरूकाे सेवा सहजीकरणका लागि मनकारी दाताहरूबाट ११ लाख ६६ हजार ५ सय ५ रुपैयाँ बराबरको सेवा याेगदान भएको छ भने विभिन्न सेवाकेन्द्रमा रहनुभएका आश्रितहरूकाे सेवा व्यवस्थापनका लागि ९९ हजार ७ सय ४० रुपैयाँ बराबरकाे सेवा सदुपयाेग भएको आश्रमले जनाएकाे छ । यस दिन आश्रमका विभिन्न सेवाकेन्द्रहरूमा बिहान र बेलुका गरी ३५ वटा भोजनसेवा र २२ वटा खाजा सेवा सम्पन्न भएका छन् ।
त्यस्तै ४ सय ८४ जनाले बुधबार आश्रमका विभिन्न सेवाकेन्द्रकाे अवलाेकन गर्नुभएकाे हाे भने ५ लाख ७२ हजार ५ सय ४९ रुपैयाँ बराबरकाे जिन्सी सामाग्री आश्रमलाई सहयोग बापत प्राप्त भएको छ ।
मानवसेवा आश्रमले विगत १२ वर्षदेखि खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।