रानीवन । मानवसेवा आश्रम रानीवन सेवाकेन्द्रद्वारा ३ जना सहयाेगापेक्षी सडकआश्रित पुरूषहरुकाे उद्धार गरिएकाे छ ।
साेमबार काठमाडाैँ महानगरपालिका विभिन्न स्थानबाट सहयाेगापेक्षी मानवहरूकाे प्रहरीकाे राेहवरमा उद्धार गरिएकाे हाे । उद्धार हुनेमा काठमाडाैँकाे थापाथलीबाट ५५ वर्षीय राजु पाैडेललाई सडकपेटीमा बेवारिसे अवस्थामा भेटिएपछि उद्धार गरिएकाे हाे ।

त्यस्तै काभ्रे तारेभीर घर बताउने ८१ वर्षीय रामबहादुर ठकुरीलाई सडकपेटीमा बेवारिसे अवस्थामा फेला परेपाछि उद्धार गरिएकाे हाे ।
-1746007398.jpeg)
त्यस्तै कलंकीबाट धादिङ केवलपुर घर बताउने ८८ वर्षीय धनबहादुर कामी नाम बताउने पुरूषकाे उद्धार गरिएकाे हाे ।
-1746007453.jpeg)
मानसिक रूपमा कमजाेर तिनै जनालाई रानीवन सेवाकेन्द्रकाे संरक्षणमा राखिएकाे छ भने परिवार सम्पर्कमा आए पारिवारिक पुनर्मिलन गरिने रानीवन सेवाकेन्द्रले जनाएकाे छ ।
मानवसेवा आश्रमले विगत १२ वर्षदेखि खुला सडकपेटी एवं सार्वजनिक स्थलहरूमा कष्टपूर्ण जीवन बिताउन बाध्य सहयोगापेक्षी, बेसहारा, असहाय, अशक्त, अभिभावकविहीन, शारीरिक तथा मानसिकरुपमा कमजोर मानवहरूको उद्धार, उपचार, पालनपोषण, संरक्षण एवं पारिवारिक पुनर्मिलन गराउँदै आएको छ ।