कास्की- मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीको विशेष प्रशिक्षणमा सोमबार कास्कीको पोखरा–४,गैंडापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयका विद्यार्थीहरमाझ विशेष उत्प्रेरणात्मक तालिम सम्पन्न भएकाे छ । 'Program on Importance of Parenting and Students are Future Leaders' शीर्षक दिइएको उक्त कार्यक्रम विद्यालय परिसरमै सम्पन्न भएको थियो ।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूका साथै शिक्षकहरूको समेत सक्रिय सहभागिता रहेको थियो । तालिमको क्रममा अध्यक्ष अधिकारीले विद्यार्थीहरूको नेतृत्व विकास, अभिभावकको भूमिकाको महत्व, जीवनप्रतिको सकारात्मक दृष्टिकोण तथा सामाजिक उत्तरदायित्व जस्ता विषयमा गहिरो मार्गदर्शन गर्नुभएको थियो । त्यस्तै आइतबार सहिद लखन गाउँपालिका, गोरखा सहिद स्मृति मावि, बुङकोटमा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अध्यक्ष राम्जी अधिकारीको विशेष प्रशिक्षण रहेको उक्त अभिमुखीकरण कार्यक्रममा पनि विद्यालय व्यवस्थापन, मानव सेवा र समावेशी शैक्षिक दृष्टिकोणबारे स्पष्ट मार्गदर्शन प्रस्तुत गरेको थियो ।
प्रशिक्षक अधिकारीले दीर्घकालीन सोच, सामुदायिक एकता र मूल्य–आधारित शिक्षाको खाँचो औँल्याउँदै सहभागीहरूलाई प्रेरित गर्नु भएको थियो। कार्यक्रममा सहिद लखन गाउँपालिका वडा कार्यालय, विद्यालय परिवार, अभिभावहरू, वडावासी तथा विभिन्न सरोकारवालाहरूको सक्रिय उपस्थिति रहेको थियो ।